बैंकिङ कसुरमा महालक्ष्मी बैंकका प्रबन्धकसहित पाँच पक्राउ « Khabarhub

बैंकिङ कसुरमा महालक्ष्मी बैंकका प्रबन्धकसहित पाँच पक्राउ


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकिङ कसुर मुद्दामा ऋणी र बैंकका शाखा प्रबन्धकसहितका व्यक्ति संलग्न रहेको खुलेको छ ।

उक्त कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महालक्ष्मी विकास बैंकका विभिन्न शाखा कार्यालयका प्रबन्धक र पूर्वप्रबन्धकलाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–९ गौशाला बस्ने तत्कालीन बैंकका शाखा प्रबन्धक स्मृति राना, कास्की पोखरा घर भई चन्द्रागिरि बस्ने शाखा प्रबन्धक पिङ्कु पालिखे र मोरङको विराटनगर घर भई ललितपुर बस्ने शाखा प्रबन्धक अनिशसिंह सिँजापति रहेको ब्यूरोले जनाएको छ ।

उनीहरुले ऋणीसँगको मिलेमतोमा कम तौलका सुनका गरगहना बढी तौलको देखाई अत्यधिक मूल्याङ्कन गरी बढी ऋण लिएको र हालसम्म सावाँब्याज नतिरेको खुल्न आएको ब्यूरोका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । उनीहरुले बैंकलाई रु सात करोड ४२ लाख ६१ हजार नोक्सानी पुर्‍याएको जनाइएको छ ।

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ बमोजिम बैंकिङ कसुर मुद्दाको अनुसन्धानका सिलसिलामा ऋणीलाई गत मङ्सिर २६ गते पक्राउ गरिएको थियो । पक्राउ पर्ने ऋणीमा खोटाङका पूर्ण राई, देवानन्द राई र धनकुटाका सन्दीप लिम्बू रहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  १० : ०६ बजे

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच