खबरहबको साइटमा ‘साइबर आक्रमण’ « Khabarhub

खबरहबको साइटमा ‘साइबर आक्रमण’


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डिजिटल पत्रिका खबरहब डटकमको (अंग्रेजी /नेपाली) साइटमा गत रातिदेखि अमेजनको भर्चुअल नेटवर्क प्रयोग गरेर सम्भवतः चिनियाँ ह्याकरहरूले लगातार आक्रमण गरिरहेका छन् ।

ह्याकरहरूले हाइब्रिड ब्रूट-फोर्समार्फत खबरहबको साइटलाई नियन्त्रण गर्न सबै उपकरणहरू प्रयोग गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

साइबर आक्रमणको विषयमा खबरहबले नेपाल प्रहरीको साइबर ब्यूरोलाई जानकारी गराएको छ। ब्यूरोले यस विषयमा छानविन शुरू भैसकेको जानकारी दिएको छ।

साइबर ब्यूरोका प्रवक्ता एसएसपी नबिन्द अर्यालले भने, “हामीले यस विषयलाई गम्भीरताका साथ लिएका छौं, अनुसन्धान जारी रहेको छ ।”

उनले साइबर आक्रमणमा संलग्नलाई कारबाही गरिने जनाएका छन् ।

मजबुत सुरक्षा प्रणाली हुँदा–हुँदै पनि खबरहबमाथि यो सहित तेस्रो पटक साइबर आक्रमण भएको हो ।

खबरहबले चिनियाँ गैरकानूनी गतिविधि, चीनले नेपालमाथि गरिरहे‍को राजनीतिक हस्तक्षेप, चिनियाँ कम्पनीहरुको गैर कानूनी क्रियाकलापहरुको पर्दाफाश गरेको हुँदा उनीहरुले खबरहबलाई निसाना बनाएको हुन सक्ने आशंका गरिएको छ ।

ह्याकरहरूले शुरूदेखि नै खबरहब साइटमा आक्रमणको कोशिस गर्दै आएका थिए ।

खबरहबका सेवाहरू अवरूद्ध गर्न अनलाइन प्रणालीमा प्रवेश गरी डाटा नष्ट गर्ने उद्देश्यका साथ उनीहरु सक्रिय रहेको खबरहबको साइबर विशेषज्ञको टोलीले पत्ता लगाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ११ : १६ बजे

मध्यपूर्व द्वन्द्वका कारण ऊर्जा सङ्कट गहिरिँदै, अमेरिकी अर्थतन्त्र प्रभावित

वाशिङ्टन डीसी-– अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भले आगामी बैठकमा ब्याजदर

हिल्टन होटलका दुई गोलीकाण्ड: रिगनदेखि ट्रम्पसम्मलाई एकै स्थानमा आक्रमण

वाशिङ्टन- अमेरिकाको राजधानी वाशिङ्टन डीसीस्थित वाशिङ्टन हिल्टन होटलमा राष्ट्रपति डोनाल्ड

भोजपुर–चखेवा सडक बन्द

भोजपुर- भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा

जलमग्न जलेश्वर

जलेश्वर (महोत्तरी)- आँधीहुरीसँगै आएको असिना पानीका कारण महोत्तरीको सदरमुकाम जलेश्वर

अतिक्रमित संरचना हटाउने अभियान देशभर जारी

काठमाडौं- काठमाडौं उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा