खबरहबको साइटमा 'साइबर आक्रमण' | Khabarhub Khabarhub

खबरहबको साइटमा ‘साइबर आक्रमण’


५ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– डिजिटल पत्रिका खबरहब डटकमको (अंग्रेजी /नेपाली) साइटमा गत रातिदेखि अमेजनको भर्चुअल नेटवर्क प्रयोग गरेर सम्भवतः चिनियाँ ह्याकरहरूले लगातार आक्रमण गरिरहेका छन् ।

ह्याकरहरूले हाइब्रिड ब्रूट-फोर्समार्फत खबरहबको साइटलाई नियन्त्रण गर्न सबै उपकरणहरू प्रयोग गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

साइबर आक्रमणको विषयमा खबरहबले नेपाल प्रहरीको साइबर ब्यूरोलाई जानकारी गराएको छ। ब्यूरोले यस विषयमा छानविन शुरू भैसकेको जानकारी दिएको छ।

साइबर ब्यूरोका प्रवक्ता एसएसपी नबिन्द अर्यालले भने, “हामीले यस विषयलाई गम्भीरताका साथ लिएका छौं, अनुसन्धान जारी रहेको छ ।”

उनले साइबर आक्रमणमा संलग्नलाई कारबाही गरिने जनाएका छन् ।

मजबुत सुरक्षा प्रणाली हुँदा–हुँदै पनि खबरहबमाथि यो सहित तेस्रो पटक साइबर आक्रमण भएको हो ।

खबरहबले चिनियाँ गैरकानूनी गतिविधि, चीनले नेपालमाथि गरिरहे‍को राजनीतिक हस्तक्षेप, चिनियाँ कम्पनीहरुको गैर कानूनी क्रियाकलापहरुको पर्दाफाश गरेको हुँदा उनीहरुले खबरहबलाई निसाना बनाएको हुन सक्ने आशंका गरिएको छ ।

ह्याकरहरूले शुरूदेखि नै खबरहब साइटमा आक्रमणको कोशिस गर्दै आएका थिए ।

खबरहबका सेवाहरू अवरूद्ध गर्न अनलाइन प्रणालीमा प्रवेश गरी डाटा नष्ट गर्ने उद्देश्यका साथ उनीहरु सक्रिय रहेको खबरहबको साइबर विशेषज्ञको टोलीले पत्ता लगाएको छ ।

प्रकाशित मिति : ५ पुस २०७७, आइतबार  ११ : १६ बजे

१७७ जना महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु

काठमाडौं– काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोकसेवा तयारी कक्षा सुरु गरेको

पुजार सार्की : बुबाको जवानीको ‘लुक्स’का आर्यन

काठमाडौं– ‘लभर बोई’को परिचय बनाएका एक समय महँगा स्टार आर्यन

कांग्रेसले समय मागेपछि कार्यदलको बैठक स्थगित

काठमाडौं- सहकारी ठगी प्रकरणलाई लिएर संसदीय छानबिन समिति गठनका लागि

युवतीलाई ‘आँखा झिम्क्याएको’ निहुँमा ट्राफिक प्रहरी जवानको हत्या

काठमाडौं : ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत प्रहरी जवान युवराज

रुसले युक्रेनमा आक्रमण बढाउन सक्ने जेलेन्स्कीको आकलन

काठमाडौं– युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की रुसले युक्रेनको उत्तरपूर्वी क्षेत्रमा आक्रमण