पश्चिमी वायुको प्रभावः केही ठाउँमा वर्षासँगै हिमपात हुने, तराईमा हुस्सु र कुहिरो | Khabarhub Khabarhub

पश्चिमी वायुको प्रभावः केही ठाउँमा वर्षासँगै हिमपात हुने, तराईमा हुस्सु र कुहिरो


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मैसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको  जनाएको छ।

देशको पश्चिमी भू-भागमा सामान्य बदली रहेको र अन्य भू-भागमा आंशिक बदली रहेको महाशाखाले जनाएको हो ।

महाशाखाले मंगलबार विहान जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार आज पश्चिमी वायुको प्रभावले मुलुकको पश्चिमी क्षेत्रका केही ठाउँमा सामान्य वर्षा हुने र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जानकारी दिएको हो । त्यसैगरी तराईमा हुस्सु र कुहिरो रहने जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ७ गते (मंगलबार)

दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ। पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ। मध्य र पश्चिमी उच्च हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

रातिः देशका अधिकांश भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ। उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ।

माघ ८ गते (बुधबार)

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातिः मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

माघ ९ गते (बिहिबार)

दिउँसो : मौसम सामान्यतया सफा रहनेछ। तराईका भू-भागमा हुस्सु/कुहिरो रहनेछ।

रातिः देशको पूर्वी भूभागमा आंसिक देखि सामान्य बदली रहनेछ बाँकि स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

उच्च हिमाली भेगका हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको साथै देशका अधिकांश भू-भागमा सामान्य बदली रहने भएकोले चिसोबाट बच्नु हुन सर्वसाधारणमा महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ६ : ५३ बजे

बेलायतमा कुलमानले भने- उज्यालो नेपाल अभियानमा साथ दिनुस्

लन्डन– नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले उज्यालो

गाउँपालिकास्तरीय फुटबलमा झोङ र आर्चरीमा मुक्तिनाथ विजयी

मुस्ताङ– यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-५ स्थित फल्याकमा गाउँपालिकास्तरीय ‘प्रथम अध्यक्ष

विजयले साइन् गरे अर्को फिल्म ‘जिरो डिग्री’

काठमाडौं – नायक विजय बराल शीर्ष भूमिकामा रहेको फिल्म ‘जनै

चीनको समेत विरोध गर्दै एमाले दार्चुलाले भन्यो – लिपुलेक सम्झौता साम्राज्यवादको अर्को कदम 

काठमाडौं– नेकपा एमाले दार्चुलाले भारत र चीनबीच नेपाली भूमि लिपुलेकलाई

नेपाल लाइफले एनआईसी एशिया बैंकको शेयर बेच्ने 

काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो नाममा रहेको एनआईसी