पुनर्निर्माणको पहिलो किस्ता लिएका भूकम्पपीडितको अध्ययन हुँदै « Khabarhub

पुनर्निर्माणको पहिलो किस्ता लिएका भूकम्पपीडितको अध्ययन हुँदै


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पहिलो किस्ताको अनुदान लिएर हालसम्म पनि बनाउन शुरु नभएका घरका विषयमा अध्ययन गर्न प्रभावित जिल्लाका स्थानीय तहमा सामाजिक परिचालक खटाउने भएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपालले आज विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रमा आयोजना गरेको भूकम्पपछिको पुनःनिर्माण पुनःस्थापनामा सदाचार विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित ३२ जिल्लामा ९८८ दक्ष निर्माणकर्मी पनि खटाउन लागिएको जानकारी दिए ।

‘शहरी क्षेत्रको पुनःनिर्माण ग्रामीण भेगको तुलनामा ढिलो भएको छ, शहरी क्षेत्रमा टेको लगाएर राखिएका घरका सम्बन्धमा स्थानीय तहका जनप्रतिनिधिसँग सहकार्य गरेर किन बनेन भनी खोजी गर्ने तयारीमा प्राधिकरण छ, जनताको घर किन बनेन भनी खोज्नु जनप्रतिनिधिको पनि दायित्व हो’, उनले भने ।

शहरी क्षेत्रमा बहुस्वामित्वका घरका बारेमा कार्यविधि ल्याएर समस्याको समाधान गर्न लागिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए । वसन्तपुर दरबार क्षेत्रको वृहत्तर गुरुयोजना निर्माण गरी प्रहरी कार्यालय, सेनाका केही संरचना र विद्यालय गाभेर खुला ठाउँको व्यवस्था गर्न लागिएको प्राधिकरणले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले सांस्कृतिक सम्पदा पहिले जस्तो थियो त्यस्तै स्वरुपमा बनाउन आफू लागिपरेपछि रानीपोखरीलाई प्रताप मल्लकालीन स्वरुपमै अन्तिम चरणमा पुगेको बताए ।

‘विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रको विश्वरुप मन्दिर चार वर्ष बितिसक्दा पनि पुनःनिर्माण शुरु भएन, यसका बहुमूल्य काठ र पुरातात्विक महत्वका कलाकृति पनि घाम एवं पानीले बिग्रिएको छ, प्लाष्टिकले छोपेर समेत राखिएन, पशुपतिका कतिपय संरचनामा कङ्क्रिट हालेर हात्तीपाइले बनाउन थालेपछि महानगरपालिकाको नेतृत्वमा रोक्नु परेको छ’, उनले भने ।

पशुपतिका सम्पदा महानगरलाई बनाउन दिए तयार रहेको समेत उपप्रमुख श्रेष्ठले बताए । टिआई नेपालका अध्यक्ष एवं सरकारका पूर्व सचिव खेमराज रेग्मीले भूकम्पपछिको पुनःनिर्माणमा सदाचार कायम गर्न सरकारसँग मिलेर अति प्रभावित १४ जिल्लामा काम गरिरहेको बताए ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ६ : ५६ बजे

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता