भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यान बन्दै « Khabarhub

भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको प्राणी उद्यान बन्दै


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भकतपुर- सूर्यविनायकमा निर्माणाधीन राष्ट्रिय प्राणी उद्यानलाई अन्तर्राष्ट्रियस्तरको जैविक अध्ययन केन्द्र बनाइने भएको छ।

नेपालमा त्यस्तो जैविक अध्ययन केन्द्र अहिलेसम्म निर्माण भएको छैन। अन्तर्राष्ट्रियस्तरमा भने भारतको चण्डीगढमा यस्तै प्रकृतिको प्राणी उद्यान निर्माण भएको छ।

उद्यानमा आउने अवलोकनकर्ताले नेपालमा पाइने सबै जनावर र चराचुरुङ्गीको एकै स्थानमा बसेर सजिलै अध्ययन र अवलोकन गर्न सकिने गरी उद्यानको गुरुयोजना निर्माण गरिएको छ।

उद्यानमा नेपालमा पाइने सबै प्रजातिका जनावर बाघ, गैँडा, हात्ती, चित्तल, मृग, नीलगाई, चौरीगाई, गोही, झारल, हुँडार, हाब्रे, बाँदर, अजिङ्गरलगायत सबै प्रजातिका चरा राखिने छ।

यहाँका जनावर र चराचुरुङ्गीको सहजै अवलोकन र अध्ययन गर्न सकिने गरी प्राणी उद्यान निर्माण गर्न लागिएको हो। सूर्यविनायक नगरपालिकाको वडा नं. ६, ७ र ८ क्षेत्रको २४५ हेक्टर जमिनमा प्राणी उद्यान निर्माण हुन लागेको हो।

त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका सहायक डिन जीवनाथ पाण्डेले प्राणी उद्यान क्षेत्रमा सातवटा क्षेत्र (जोन) निर्माण गरिने र जनावरको स्वभावअनुसार उक्त क्षेत्रमा राखिने गरी गुरुयोजना निर्माण गरिएको जानकारी दिए ।

पाण्डेले भने, ‘प्राणी उद्यान निर्माण सम्पन्न भएपछि उद्यानको अध्ययन र अनुसन्धान गर्न राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सम्बन्धित व्यक्तिको आकर्षण बढ्ने छ।’

प्राणी उद्यानको भू–बनोट जनावर र चराचुरुङ्गीका लागि अनुकूल हुने गरी कतै ओसिलो, कतै पारिलो त कतै समथर र कतै उच्च भाग रहेको छ। प्रत्येक क्षेत्रमा छुट्टाछुट्टै जनावर र जीवजन्तुको अध्ययन अनुसन्धानका लागि पार्क, वन्यजन्तु उपचार केन्द्र, जियोलोजिकल लाइब्रेरी, बोटानिकल लाइब्रेरी, सभा हल, वन्यजन्तुसम्बन्धी अनुसन्धान केन्द्र, वन्यजन्तु शैक्षिक प्रदर्शनी स्थान, मनोरञ्जनात्मक पार्क निर्माण गरिने छ।

सूर्यविनायकमा निर्माण हुन लागेको प्राणी उद्यान केन्द्रीयस्तरको र सातवटै प्रदेशमा प्रदेशस्तरीय प्राणी उद्यान निर्माण गरिने गुरुयोजनामा उल्लेख छ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ७ : १० बजे

सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल (तस्बिरहरू)

काठमाडौं– सम्पत्ति शुद्धीकरणको मुद्दामा विशेष अदालतबाट साधारण तारेखमा छुटेका नेकपा

नेपालको चौथो विकेट पतन, १० बलमा चार रन जोडेका डा. पाण्डे आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले चौथो विकेट

स्वर्णिम वाग्ले भन्छन् – करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्

काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित बनाएर होइन, सेवा र

‘नेपालको राजनीतिबाट तर्क र विवेक हरायो, संसद् नै अहंकार र गाली गर्ने थलो बन्यो’

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले मुलुकको राजनीतिमा

नेपालका स्थानीय उत्पादन संरक्षण गर्न कानुन ल्याइन्छ : मन्त्री यादव

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवसँग खाद्य तथा कृषि