सवारीको चाप व्यवस्थित गर्न ३ तहको रुट चलाइने | Khabarhub Khabarhub

सवारीको चाप व्यवस्थित गर्न ३ तहको रुट चलाइने


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यातायात व्यवस्था विभागले उपत्यकाका सडकहरूलाई तीन तहमा प्राथमिकीकरण गरी रुट प्रणाली तयार गरेको छ । तर यसको कार्यान्वयनमा ढिलाइ भएको छ।

एक वर्षअघि सवारी साधनको चाप व्यवस्थित गरी ट्राफिक व्यवस्थापनका लागि नयाँ रुट प्रणाली लागू गर्न सडकलाई प्राथमिकीकरणका आधारमा विभाजन गरिएको थियो। रुट व्यवस्थापनका लागि अध्ययन प्रतिवेदन तयार गरे पनि विभागले कार्यान्वयन अझै गरेको छैन। विभाग कार्यान्वयनको तयारीमा रहेको जनाइएको छ।

विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार अहिले अपडेटको काम चलिरहेको छ । जतिसक्दो चाँडो कार्यान्वयनमा लैजाने योजनामा रहेको उनले बताए । एक वर्ष अघिदेखि नै विभागले कार्यान्वयनको तयारीमा रहेको जनाउँदै आएको छ। विभागका अनुसार प्राथमिक, द्वितीय र तृतीय गरी तीन तहको रुटको अवधारणा बनाइएको छ।

प्राथमिक रुटमा चक्रपथसँगै आसपासका सडकलाई लिइएको छ। जहाँ ठूला सवारीसाधन र यात्रुवाहक सवारी साधनलाई चल्न दिइने छ। द्वितीय रुटमा मझौला सवारीसाधन सञ्चालन हुनेछन्। हाल नेपाल यातायात लगायतका मझौला सवारी साधनलाई द्वितीय रुटमा सञ्चालन गरिने छ। यो रुट प्राथमिक रुटभन्दा छोटो हुनेछ।

तृतीय तहको रुटमा साना सवारी सञ्चालन हुनेछन्। ट्याक्सी लगायतका सवारी यसमा चल्नेछन्। यी छोटा दूरीका रुट हुनेछन्। यो रुट प्रणाली लागू भएपछि अहिले जस्तो सबै सवारीसाधन एउटै रुटमा चल्न पाउने छैनन्। रुट प्रणालीको नयाँ रुट प्रणालीअनुसार एउटै रुटमा सबै गाडी गुड्न पाउने छैनन्। तोकिएको रुटमा तोकिएका सवारी गुड्नेछन्। जसले गर्दा ट्राफिक व्यवस्थापन सहज भई दुर्घटनामा कमी आउने महानिर्देशक हमालको भनाइ छ।

सार्वजनिक सवारी व्यवस्थित र तोकिएको रुटमा मात्र चल्नेछन्। यातायात व्यवस्था विभागले उपत्यकाका सयौँ रुट व्यवस्थित गर्न छ वर्षअघि नै ६६ वटा रुटमा झारेको थियो। हाल तीनवटा रुट थप गरी ६९ वटा पुर्‍याइएको छ। नयाँ रुटका सम्बन्धमा यातायात व्यवसायीसँग पनि छलफल भइसकेको विभागले जनाएको छ।

यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्न जीपीएस (ग्लोबल पोजिसनिङ सिस्टम) प्रणालीमा जोड्ने तयारी टेन्डर प्रक्रियाको चरणमा छ।

चालू आर्थिक वर्षमै टेन्डर गरी कार्यान्वयनमा जाने महानिर्देशक हमालको भनाइ छ। उनका अनुसार जीपीएस जडान भएपछि ट्राफिक प्रहरीलाई ट्याकिङ गर्न र गति थाहा पाउन सजिलो हुने छ। साथै सार्वजनिक यातायातका विकृति र आपराधिक घटना नियन्त्रण गर्न पनि सहयोग हुने विभागको दाबी छ।

विश्व बैङ्कको सहयोगमा काम सुरु गरिएको विभागले जनाएको छ। त्यसका लागि बिजनेस प्लान अन्तिम चरणको पुगेको हमालले जानकारी दिए ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ७ : ४० बजे

मनसुन अनुकूल नहुँदा घट्यो धान रोपाइँ

काठमाडौं– मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ

श्रीलङ्काः पूर्वराष्ट्रपति विक्रमासिङ्घे स्वास्थ्य बिग्रिएपछि आइसियुमा स्थानान्तरण

कोलम्बो- श्रीलङ्काका पूर्वराष्ट्रपति रनिल विक्रमासिङ्घे अस्वस्थ भएका कारण मङ्गलबार अदालतमा

राष्ट्रपति पौडेलले भानु साहित्य उद्यानको शुभारम्भ गर्ने

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी

प्रचण्डसँग एकताका लागि तयार छैनन् विप्लव

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत साउन

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला गर्न माग गर्दै महासंघद्वारा आन्दोलनको घोषणा

काठमाडौं– नेपाल पत्रकार महासंघले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण तत्काल खुला