केदारनाथका जगतगुरु भीमाशंकरसँग पूर्वराजा शाहले गरे भेटवार्ता « Khabarhub

केदारनाथका जगतगुरु भीमाशंकरसँग पूर्वराजा शाहले गरे भेटवार्ता


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिन्दु धर्मावलम्वीको पवित्र तिर्थस्थल केदारनाथका जगतगुरु भीमाशंकर लिंगसँग पूर्वराजा ज्ञानेन्द्र शाहले भेटवार्ता गरेका छन् ।

हाल झापामा रहेका पूर्वराजा शाह केही दिन अघि काठमाडौं आएर निर्मल निवासमै भीमाशंकरसँग भेटवार्ता गरेका हुन् ।

निर्मल निवासमा भएको भेटमा  भीमाशंकरले उनलाई हिन्दु राष्ट्र प्रमुखका रुपमा केदारनाथको प्रसाद र आशीर्वाद दिएका थिए । चन्दन समेत लगाइदिएका थिए ।

माघे संक्रान्तिको अवसर पारेर भीमाशंकर नेपाल आएका थिए । उनले चार दिने नेपाल यात्राका क्रममा पशुपतिनाथ, केदारनाथको शीर मानिने डोलेश्वर महादेव मन्दिरको पूजाअर्चनासँगै  कालीगण्डकीमा स्नान लगायतका धार्मिक कर्म गरेका थिए ।

उनले गत पुस २९ गते डोलेश्वर महादेवमा पूजा अर्चना गरी सोही राति निर्मल निवासमा पूर्वराजासँग भेटघाट गरेका थिए । उनले माघे संक्रान्तिको बिहान पशपतिनाथ मन्दिरमा विशेष पूजा गरी देवघाट प्रस्थान गरेका थिए।

नवलपरासीस्थित मध्यविन्दुका करिब ५ हजार आदिबासिलाई रुद्राक्षको माला लगाइदिएर धर्म परिवर्तन अभियानको प्रतिकार तथा अस्वीकार गर्न समेत उनले आग्रह गरेका थिए।

उनले त्यहाँ संस्कृत महाविद्यालय खोली सबै जातजातीका व्यक्तिहरुका लागि ज्ञानको श्रोतमा पहुँच सुनिश्चित गर्न आफू सक्रिय रहेको बताए । उनले आफ्नो यात्राका क्रममा एक लाख श्रीमद् भागवत गीता पनि वितरण गरेका थिए ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ९ : ०२ बजे

केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

काठमाडौं–  सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसार

ज्ञानेन्द्रले फेरि लेखे ‘राजा’, संवाद सचिवालय भन्छ, ‘श्री ५ महाराजधिराज जनकपुर गइबक्सिँदैछ’

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले फेरि आफूलाई पूर्वराजाकै हैसियतमा राखेर सन्देश

नौ अंकले घट्यो शेयर बजार 

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ४३ अंकले

पर्यटकको आकर्षण बन्दै विश्व शान्ति स्तूप (तस्बिरहरू)

काठमाडौं– विश्व शान्ति स्तूप पोखरा उपत्यकाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय

ट्रम्पको विमान एयरफोर्स-१ मा गडबडी, डाभोस जाने क्रममा उडिसकेपछि फिर्ता

जेनेभा- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विमान दावोस जान लाग्दा टेक