औषधि अभाव हुँदा सेवाग्राही मर्कामा « Khabarhub

औषधि अभाव हुँदा सेवाग्राही मर्कामा


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधि अभाव देखिएको छ । स्वास्थ्य केन्द्रमा सामान्य औषधि पनि नहुँदा उपचारमा आउने बिरामी रित्तो हात फर्कन बाध्य छन् ।

पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ मानिसको आकर्षण बढ्दै गएको अवस्थामा स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गर्नुबाहेक अन्य सुविधा नपाउँदा बिरामी निराश हुँदै फर्कने गरेको कार्यालयका वरिष्ठ कविराज निरीक्षक एवं सूचना अधिकारी बलभद्र वाग्लेले बताए ।

आर्थिक वर्ष २०७५/७६ शुरु हुनु अगाडिदेखि नै औषधि अभाव थियो । उनले भने, ‘गण्डकी प्रदेश सरकारलाई पटक–पटक जानकारी गराउँदा पनि औषधिको कुनै व्यवस्था हुन सकेन ।’

केही दिनअघि सम्पर्क गरी यस विषयमा बुझ्दा प्रदेश सरकारबाट बोलपत्र भएर औषधि दाखिला प्रक्रियामा रहेकाले केही दिनभित्रै औषधिको व्यवस्था हुने आश्वासन पाएको उनले जानकारी दिए ।

निःशुल्क स्वास्थ्य सुविधा पाउँदै आएका सेवाग्राहीले स्वास्थ्य परीक्षणपश्चात बाहिरका आयुर्वेदिक पसलमा गएर औषधि किन्नुपरेको छ ।

आफू सरुवा भएर आएको डेढ महिनाको अवधिमा बिरामीको सङ्ख्या शून्य अवस्थामा रहेको कार्यालय प्रमुख डा रामप्रबोध मण्डलले जानकारी दिए ।

‘कार्यालयबाट प्रदान गरिने सेवा–सुविधा नभएपछि बिरामीको आकर्षण घटेको रहेछ’, उनले भने, ‘बिरामीको सङ्ख्या कम्तीमा ५० पुर्‍याउने लक्ष्य लिएर काम गर्दा हाल दैनिक ४० देखि ४५ जना बिरामी उपचारका लागि आउने गरेका छन् ।’

उपचारमा आउने बिरामीलाई पञ्चकर्म विधि (औषधिको बाफ लगाएर दुखेको ठाउँमा सेकताप गरिने विधि) थालिएसँगै बिरामीको आकर्षण बढ्न थालेको उहाँको जिकिर थियो । पञ्चकर्म विधिमार्फत उपचार गर्दा ६० प्रतिशत रोगलाई निको बनाउँछ ।

स्रोत साधनको कमीका कारण सोचेअनुरूपको सेवा दिन नसके पनि कार्यालयमा योगाभ्यास गराउने, चिन्तामूलक समाज बनाउन सोही किसिमको परामर्श सेवा दिने गरेको उहाँले बताउनुभयो । क्षारसूत्र शल्यक्रिया, जलौका चिकित्सामार्फत फिष्टुला, फिसर र अश्रअङ्कुरको सफल विधिबाट उपचार थालिएको छ ।

यो स्वास्थ्य केन्द्रमा अम्लपित्त, स्त्रीरोग, नशा, छाला, पायल्सलगायतका समस्याका बिरामी बढी मात्रामा आउने गरेका छन् । प्रदेश सरकारले शल्यक्रियाकक्ष र व्यवस्थापन शीर्षकमा विनियोजन गरेको रु नौ लाखबाट सामान खरीद गरी व्यवस्थापन गरिए पनि प्राविधिक जनशक्ति अभावमा सञ्चालनमा ल्याउन नसकिएको उनले जानकारी दिए ।

सबै क्षेत्रको साथ र सहयोग पाएको अवस्थामा यस जिल्लाको आयुर्वेद स्वास्थ्य केन्द्रलाई गण्डकी प्रदेशकै नमूना आयुर्वेद स्वास्थ्य केन्द्र बनाउने योजना रहेको बताए ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ९ : २३ बजे

ट्राफिक कारबाहीबाट एकैदिन २१ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन १०२ सवारीचालकलाई सवारी नियम उल्लङ्घनमा

‘भ्यूजका लागि सर्प उद्धार गर्दा ज्यानै जान्छ’

काठमाडौँ- नेपालमा पाइन सर्पका अधिकांश प्रजाति मानिसबाट टाढा बस्न रुचाउँछन्

पहिलो पटक विश्वकप खेलेको केप भर्डे नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा पहिलो पटक सहभागी राष्ट्र केप भर्डे

उरुग्वेलाई १–० गोलले हराउँदै स्पेन समूह विजेताको रुपमा फिफा विश्वकपको नकआउट चरणमा

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा स्पेन समूह ‘एच’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहु– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट दुई बालबालिकाको