दामनमा मृत्यु भएका ८ जना भारतीय पर्यटकको पहिचान खुल्यो « Khabarhub

दामनमा मृत्यु भएका ८ जना भारतीय पर्यटकको पहिचान खुल्यो


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका ८ जना भारतीय पर्यटकको पहिचान खुलेको छ ।

मृत्यु हुनेमा भारत केरेलका रत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेका छन् ।

मंगलबार बिहान अचेत अवस्थामा फेला परेका उनीहरुको उपचारका क्रममा काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा मृत्यु भएको हो ।

मंगलबार बिहान अचेत अवस्थामा फेला परेपछि ८ जनालाई नै हे‍लिकोप्टरमार्फत उपचारका लागि ह्याम्स अस्पताल पुर्‍याइएको थियो ।

प्रहरीका अनुसार १५ जनाको समूहमा अघिल्लो हप्ता घुम्नका लागि भन्दै उनीहरु नेपाल आइपुगेका थिए ।

पोखरा लगायतका ठाउँहरुको भ्रमण गरेपछि सोमबार साँझ मात्रै उनीहरु दामनस्थित एभरेस्ट पानोरमा रिसोर्ट पुगेका थिए । मृतक ८ जना रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए ।

पानोरमा रिसोर्टमा सुत्दा उनीहरुले ग्यास हिटर प्रयोग गरेका थिए । कोठाका सबै झ्याल र ढोकाहरु बन्द गरी ग्यास हिटर बालेका कारण निस्सासिएर उनीहरुको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

उपचारमा संलग्न चिकित्सकहरुले भने उनीहरुको मृत्युको कारणबारे केही खुलाएका छैनन् । मृत्युको यकीन कारण पोस्टमार्टम पछि मात्रै खुल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १ : ३५ बजे

बाढीपहिरोबाट घाइतेको उपचारका लागि ढल्केबरमा २२५ पोका रगत सङ्कलन

जनकपुरधाम- बाढीपहिरोबाट घाइते तथा प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन धनुषाको

इरानी शासनको अन्त्य नजिक : नेतान्याहु

एजेन्सी– इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी शासन पतनको नजिक पुगेको

त्रिशूली ३ बीमा फसेकाका आफन्तको बिलौना : १३ दिन बितिसक्यो, उद्धार कार्यले गति लिएन

काठमाडौं– त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा– प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका

बाजुरामा पहिरोले सडक र विद्युत् अवरुद्ध : जनजीवन प्रभावित

बाजुरा– शनिबार रातिदेखिको अविरल वर्षापछि विभिन्न ठाउँमा पहिरो जाँदा यहाँको जनजीवन