काठमाडौं महानगरपालिकाको सहयोगमा छाउनीमा हेमोडाइलासिस सेवा शुभारम्भ « Khabarhub

काठमाडौं महानगरपालिकाको सहयोगमा छाउनीमा हेमोडाइलासिस सेवा शुभारम्भ


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका र नेपाली सेनाबीच स्वास्थ्य सेवा प्रवाह गर्ने सम्बन्धको सम्झौता–पत्रमा हस्ताक्षर भएको एक महिनापछि सेवा प्रवाहको शुरुवात भएको छ ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले आज श्री विरेन्द्र अस्पताल छाउनीमा पुगी काठमाडौँ महानगरपालिका वडा नम्बर–१५ डल्लु निवासी ६२ वर्षिया चन्द्रादेवी मर्जनको उपचारका लागि हेमोडाइलोसिस मेसिन खोली सेवाको शुभारम्भ गरेका हुन् ।

सर्वसाधारणको स्वास्थ्य उपचारमा सहज पहुँच पुर्‍याउने उदेश्यले स्वास्थ्य सेवाका क्षेत्रमा सहयोग गर्दै आएको काठमाडौँ महानगरपालिकाले केही महिना अघि मात्रै बिरामीको उपचारको क्रममा आवश्यक पर्ने अक्सिजन आपूर्ति गर्न अक्सिजन उत्पादनका लागि अक्सिजन प्लाण्ट जडानका लागि कान्तिबाल अस्पताललाई रु दुई करोड दिने सम्झौता गरेको थियो ।

त्यसैगरी नेपाली सेनासँग पनि महानगरपालिकाले गत पुस २ गते हेमोडाइलासिस सेवाका लागि आवश्यक मेसिन, भौतिक पूर्वाधार र जनशक्ति थप गर्नका लागि रु तीन करोड सहयोग गर्ने सम्झौता गरेको थियो ।

सोही सम्झौताअनुरुप आजबाट सेवाको सुभारम्भ भएको हो । सेवाको सुभारम्भ गर्दै मेयर शाक्यले महानगरपालिकाले सर्वसाधारणको स्वास्थ्य सेवाका लागि सहयोग गर्न पाउँदा खुशी लागेको बताए । उनले महानगरपालिकाकै सहयोगमा एम्वुलेन्स सेवासँग सहकार्य गरी एम्वुलेन्स सेवा सञ्चालन गरेको भन्दै आगामी दिनमा स्वास्थ्य सेवाका लागि महानगरपालिकाले थप सहयोग गर्दै जाने बताएका छन् ।

मेयर शाक्यले महानगरपालिकाले पूर्वाधार र सम्पदाको क्षेत्रमा मात्र नभई मानवीय सेवाका काममा पनि उत्तिकै चासो राखेको भन्दै यस्ता सहयोगलाई निरन्तरता दिने प्रष्ट पारे ।

‘बिरामी भएपछि उपचार गर्नका लागि मात्रै होइन बिरामी हुनुअघि नै गरिने स्वास्थ्य सेवाका लागि पनि सहयोग गर्न महानगर तयार छ,’ मेयर शाक्यले भने, ‘अस्पतालबाट गरिब र निमुखा जनताले सरल सेवा प्राप्त गर्ने वातावरण तपाई‍हरुले बनाउनुहोला अरु सहयोग चाहियो भने पनि गर्न तयार छु ।’

सम्झौतापत्र अनुसार नै नेपाली सेना अन्तर्गतको श्री वीरेन्द्र अस्पताल, छाउनीमा उपलब्ध स्रोत साधनबाटै पहिलो चरणमा चार जनालाई सेवा दिने अस्पतालले जानकारी दिएको छ । जनशक्ति र उपकरण थप गरी सिफ्ट पनि थप भएपछि प्रति दिन ९ देखि १२ जनासम्म बिरामीको लागि हेमोडाइलासिस सेवा दिने अस्पतालले जानकारी दिएको छ ।

सम्झौतापत्रमा उल्लेख भएअनुसार नै भौतिक पूर्वाधार लगायतका स्रोत साधन अभिबृद्धि भएपछि सेवा विस्तार गर्दै लगिनेछ । बिरामीले हेमोडाइलासिस सेवा लिनका लागि सहरी स्वास्थ्य महाशाखाबाट सिफारिस लिनुपर्ने छ ।

सम्झौतापत्रमा सम्झौता कार्यान्वयन गर्ने क्रममा मृगौला रोग तथा अन्य रोगहरु सम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने तथा महानगरबासीहरु, सञ्चार माध्यम, सम्बन्धित संघ–संस्थाहरुमा सेवा सम्बन्धी आवश्यक सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी दुवै पक्षको हुने उल्लेख छ ।

सम्झौताको अवधि सम्झौता भएको मितिले पाँच बर्षको हुने उल्लेख छ भने दुवै पक्षको आपसी समझदारीमा भने सम्झौताको म्याद थप हुन सक्ने पनि उल्लेख छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  २ : ५२ बजे

तोडफोड र आगजनीपछि सिरहा गोलबजारको अवस्था

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४

सुशासनलाई सुदृढ बनाउन अग्रजको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ

श्रीलङ्काली जेलमा दङ्गा

कोलम्बो- क्षमताभन्दा बढी कैदीबन्दी रहेको एक जेलमा भएको दङ्गा नियन्त्रण

पत्रकार महासङ्घको ग्लोबल मिडिया सम्मेलन : टोकियो घोषणापत्र जारी

काठमाडौं- नेपाल पत्रकार महासङ्घको समन्वयमा जापानको टोकियोमा आयोजित ‘एफएनजे ग्लोबल

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

काठमाडौं– नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले