मंगलबार नेप्से ३.३६ अंकले बढ्यो « Khabarhub

मंगलबार नेप्से ३.३६ अंकले बढ्यो


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको तेस्रो दिन मंगलबार शेयर बजार सामान्य उकालो लागेको छ । नेप्से परिसूचक ३.३६ अंकले बढेर १३२०.४७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले बढी हो ।

सामान्य अंकले बढेको बजारमा कूल एक अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४६ करोड रुपैयाँ कम हो । सोमबारको बजारमा एक अर्ब ९७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

बजारमा कूल १८३ कम्पनीको ४४ लाख ५५ हजार कित्ता सेयर किनबेच भएको छ । जसमध्ये हिमालयन बैंकको सबैभन्दा बढी संस्थापक सेयर खरिद बिक्री भएका छन् । बैंकको एकैदिन २४ करोड ४६ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । मंगलबार बैंकको संस्थापक सेयरको मूल्य प्रतिकित्ता २९० रुपैयाँ रहेको छ ।

मंगलबार तीन कम्पनीका सेयरधनीले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी गुराँस लाईफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ९.८३ प्रतिशत कमाएका छन् । जसको सेयर मूल्य प्रतिकित्ता ६८२ रुपैयाँ रहेको छ । त्यस्तै, ग्लोबल आईएमई बैंक र पाँचथर पावर कम्पनीको सेयर मूल्य क्रमशः ९.७५ र ९.५२ प्रतिशतले बढेको छ ।

मंगलबार यी दुई कम्पनीको सेयर मूल्य क्रमशः प्रतिकित्ता ३०४ र १३८ रुपैयाँ रहेको छ ।

सो दिन निर्जीवन बीमा समूह ८१.१७ र जीवन बीमा समूह ६१ अंकले उकालो लागेका छन् । उता विकास बैंक समूह भने सबैभन्दा बढी १०.२७ अंकले ओरालो लागेको छ ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  ४ : २७ बजे

रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौं– बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठक बैठक स्थगित गरिएको छ ।

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अघि

रास्वपा महाधिवेशन : खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रममन्त्री रामजी यादवको उम्मेदवारी

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा युवा,

‘अलगै लेभलका मान्छे’ भनेको तीन दिनमै बालेनमाथि खनिए सीके राउत

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी

रेविज विरुद्धको खोपको अभाव छैन : स्वास्थ्य मन्त्रालय 

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले रेविज विरुद्धको खोपको अभाव