नवनियुक्त राज्यमन्त्रीलाई स्वागत « Khabarhub

नवनियुक्त राज्यमन्त्रीलाई स्वागत


७ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ कमिटीले नवनियुक्त राज्यमन्त्रीलाई आज पार्टी कार्यालय विराटनगर–११ पाञ्चालीमा स्वागत गरेको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियतको उपस्थितमा राज्यमन्त्रीहरुलाई पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कमिटीका सदस्यहरुले बधाई तथा शुभकामना प्रदान गरेका छन् ।

सो अवसरमा पार्टीका प्रदेश अध्यक्ष देवराज घिमिरेले पार्टीको सहमतिमा विस्तार गरिएको मन्त्रिमण्डलका सदस्यहरुले सङ्गठनको दायित्व निर्वाह गर्दै जनताको समृद्धको चाहना पूरा गर्न सफलता प्राप्त हुने शुभकामना दिए ।

राज्यमन्त्रीहरुका तर्फबाट भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरले सुशासनसहित पार्टीको जिम्मेवारीलाई पूरा गर्दै जनताको चाहनालाई तल्लो तहसम्म पुगी सम्बोधन गर्ने विश्वास व्यक्त गरे ।

पार्टी प्रदेश सचिव सुरेशकुमार राईले पार्टी र सरकारबीच समन्वय गर्न मन्त्रीहरुलाई सफलता प्राप्त हुने शुभकाना दिए ।

प्रकाशित मिति : ७ माघ २०७६, मंगलबार  १० : ३० बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका