कुन भागमा टाउको दुख्नु के रोगको संकेत ? « Khabarhub

कुन भागमा टाउको दुख्नु के रोगको संकेत ?


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

टाउको दुख्ने समस्या कहिल्यै नभोगेका नेपाली कम नै होलान् । तपाईलाई पनि कुनै न कुनै समयमा टाउको दुख्ने समस्याले सताएको हुनसक्छ ।

स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको नसर्ने रोग सम्बन्धि जोखिम तत्वको सर्वेक्षणले पनि १५ दशमलब २ प्रतिशत व्यक्तिमा टाउको दुखाइको समस्याका कारण काम नै गर्न नसक्ने अवस्थाामा पुगेको देखाएको छ ।

परिषद्ले सन् २०१९ को फेब्रुअरी देखि मे सम्ममा ५ हजार ५ सय ९३ जनामा सर्वेक्षण गरेको थियो । सो सर्वेक्षणका अनुसार १५ दशमलब २ प्रतिशत व्यक्तिहरु गम्भिर रुपमा टाउको दुख्ने समस्याका कारण घरायसी तथा अन्य कार्य नै गर्न नसक्ने अवस्थामा पुगेको जनाएको छ ।

चिकित्सकका अनुसार टाउँको दुख्नुको कारण पनि विभिन्न किसिका हुन्छन् । टाउको दुखाइको कारण पत्ता लगाउन कुन भागमा दुखेको छ भनेर थाहा हुनुपर्छ ।

टाउकोको फरक–फरक भागमा हुने दुखाईले फरक–फरक रोगको संकेत जनाउँछ । आज हामी तपाईलाई टाउकोको कुन भागमा हुने दुखाइले कस्तो रोगको संकेत गर्छ भनेर जानकारी दिदैछौं ।

कुन भागमा टाउको दुख्नु के रोगको संकेत ?

–यदी तपाईलाई आफ्नो टाउँको भारी महसुस हुन्छ र थिचिए जसरी छट्कीएर दखिरहन्छ भने तपाईलाई धेरै तनाव भएको हुनसक्छ । मानिसलाई धेरै तनाव भएर पुरै टाउको भारी भएर दुख्ने गर्छ ।

–के तपाईलाई हेरक महिना चार पटक सम्म नियमित रुमा टाउको दुख्छ ? टाउको दुखाइ शुरु हुनभन्दा अगाडी आफुलाई टाउको दुख्ला जस्तो अनुभव हुन्छ ? वा टाउको दुख्नु भन्दा अगाडी नै आफुलाई टाउको दुख्न लागेको थाहा हुने गर्छ भने तपाईमा माइग्रेनको समस्या भएको हुनसक्छ । पटक–पटक टाउको दुख्नु र टाउको दुख्नु अडाडी टाउकोको आधा भाग मात्र दुख्छ भने त्यो माइग्रेनको समस्याले टाउको दुखेको हुनसक्छ ।

– यदी तपाईको टाउकोको अगाडीपट्टिको भाग टन्किएर दुख्छ र टाउको उठाउन गाह्रो हुन्छ भने तपाईलाई पिनास भएको हुनसक्छ । पिनास भएको समयमा पनि मानिसमा टाउको दुख्ने गर्छ ।

–यदी टाउकोको अगाडीपट्टि दुख्ने, आँखा गल्ने, टाउको गल्ने समस्या छ भने तपाईको आँखाको पावर नमिलेको हुनसक्छ ।

–यदी तपाईको टाउकोको पछाडी भाग मात्र दुख्छ भने तपाईको रक्तचाप अनियन्त्रित भएको हुनसक्छ । रक्तचाप धेरै वा कम हुन टाउकोको पछाडीको भाग दुख्ने गर्छ ।

टाउको दुखाईको कारण पत्ता लगाएर सोही अनुसारको उपचार गर्दा टाउको दुखाइ कम गर्न सकिन्छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १० : १६ बजे

कामपाद्वारा ९२ निजी विद्यालयलाई स्पष्टीकरण

काठमाडौं- काठमाडौँ महानगपालिकाको शिक्षा विभागले विभिन्न ९२ संस्थागत (निजी) विद्यालयको

नेकपालाई पुनर्गठन र रूपान्तरण गर्नुपर्छ : झलनाथ खनाल

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता झलनाथ खनालले पार्टीलाई पुरानो ढाँचा

इरानद्वारा अमेरिकी नयाँ आर्थिक प्रतिबन्धको आलोचना

तेहरान- इरानले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले तेहरानमाथि थप कडा आर्थिक प्रतिबन्ध

प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा

काठमाडौं- निजी भ्रमणका क्रममा मुस्ताङ यात्रामा रहेका प्रधानमन्त्री वालेन्द्र शाह

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको