केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै | Khabarhub Khabarhub

केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुम (पूर्व) मा पनि अब केन्द्रीय प्रसारण लाइन जोडिने भएको छ । तीनवटा मात्र गाउँपालिका रहेको जिल्लाको सदरमुकाम रुकुमकोट लगायत सबै पालिकामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुत गतिले अगाडि बढेको छ ।

गत असोज महिना नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र स्थापना भएको हो । कार्यालयले मंसिरको महिनादेखि काम शुरु गरी लाइनको तार तान्ने, पोल गाड्ने, टान्सफर्मर जडान गर्नेलगायतका कामलाई तीव्र गति दिएको छ । ती काम बोलपत्र आह्वान गरी निर्माण सेवामार्फत भइरहेको केन्द्रले जनाएको छ ।

प्राधिकरणले जिल्लामा रोल्पाको थबाङ हुँदै भूमे गाउँपालिका–६ महत भएर ३३ केभीएको र रुकुमपश्चिम हुँदै सदरमुकाम रुकुमकोट भएर आउने ११ केभीएको राष्ट्रिय प्रसारण लाइन जिल्लाभरि जोड्न लागेको कार्यालय प्रमुख युवराज रावतले जानकारी दिए ।

अहिले ३३ केभीएको लाइनको लागि शशी निर्माण सेवा कम्पनीद्वारा र ११ केभीएको लाइनको लागि सिस्ने हिमाल सेवा कम्पनीद्वारा काम भइरहेको छ । जिल्लाका मुख्यमुख्य बस्तीमा केन्द्रीय प्रसारण लाइन पुर्‍याउको लागि खण्डखण्ड विभाजन गरेर बोलपत्र आह्वान गरी निर्माण सेवा कम्पनीमार्फत काम थालिएको छ ।

प्रदेश कार्यालय हुँदै जिल्ला कार्यालयसम्म विद्युतीय सामान ढुवानीको लागि शशी निर्माण सेवाले जिम्मा लिएको छ । अहिले सिस्ने गाउँपालिका–६ खोपीचारदेखि रानीकोट खण्डमा निर्मल निर्माण सेवा कम्पनी, सिस्ने–५ रुमालबारा हुँदै लेखसम्मको खण्डमा सुवर्ण निर्माण सेवा एण्ड सप्लायर्सले काम गरिरहेका छन् ।

यसैगरी भूमे ४ साकिमदेखि पुथाउत्तरगङ्गा गाउँपालिकाको वडा नम्बर १४ को नाखाखण्डमा राप्ती निर्माण सेवा तथा भूमे–४ र सिस्ने–५ धौला पहिरादेखि चोताबारी, झुम्कामारे खण्ड गरी यी चारखण्डमा बोलपत्र आह्वानमार्फत केही दिनपछि काम शुरु गरिने भएको छ ।

यसैगरी सातखण्डको लागि माघ २९ गते देखि १५ दिनको समय दिइएर शिलबन्दी बोलपत्र आह्वान गरिएको छ । कार्यालयका अनुसार यही महिनाको अन्तिमसम्ममा रुकुमकोट बजारमा केन्द्रीय लाइन उपभोग हुने गरी काम भइरहेको प्रमुख रावतले जानकारी दिए ।

जिल्लाको विद्युत्लाई दिगो र भरपर्दा बनाउनका लागि जिल्लामै सदरमुकाम रुकुमकोट र भुमे गाउँपालिकाको काक्रिमा विद्युत् सवस्टेशन बनाउने तयारी भइरहेको पनि उनले बताए । जिल्लामा दुई ठाउँमा सवस्टेशन निर्माण भएमा बेलाबेलामा विद्युत् गइरहने समस्याको समाधान हुनेछ ।

स्थानीयस्तरमै उत्पादित लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् पनि केन्द्रीय लाइनमा जोड्न सजिलो हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ८ : १२ बजे

महँगी बढेकाले बजार अनुगमन गर्न सांसदको आग्रह

काठमाडौं– सांसद विष्णुदेवी पुडासैनीले बजारमा कृत्रिम अभाव सृजना गरी महँगी

‘ग्रेटर नेपाल’को नक्सासहित भारतीय दूतावास अगाडि प्रदर्शन (तस्बिरहरू)

काठमाडौं- ‘ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा’ र ’ग्रेटर नेपाल कम्युनिस्ट पार्टी’ले

नौलिंग भद्रकाली जात्रा (तस्बिरहरू) 

काठमाडौं– बुढानीलकण्ठ नगरपालिका वडा नं १३ मा बैशाख २७ गते

जाबी रियलका नयाँ प्रशिक्षक, एन्टेलोटी ब्राजिलतिर, हान्सी फ्लिक बार्सिलोनामै रहने

म्याड्रिड- युरोपेली फुटबलमा ठूला क्लबका प्रशिक्षक धमाधम परिवर्तन भइरहेका छन्

रुस–युक्रेन वार्ता : ट्रम्पलाई टर्की भ्रमण गर्न आग्रह

एजेनसी– टर्कीलाई रूस र युक्रेन बीचको वार्ता स्थलका रूपमा प्रस्ताव