केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै « Khabarhub

केन्द्रीय प्रसारण लाइन विस्तार गरिँदै


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- रुकुम (पूर्व) मा पनि अब केन्द्रीय प्रसारण लाइन जोडिने भएको छ । तीनवटा मात्र गाउँपालिका रहेको जिल्लाको सदरमुकाम रुकुमकोट लगायत सबै पालिकामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुत गतिले अगाडि बढेको छ ।

गत असोज महिना नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र स्थापना भएको हो । कार्यालयले मंसिरको महिनादेखि काम शुरु गरी लाइनको तार तान्ने, पोल गाड्ने, टान्सफर्मर जडान गर्नेलगायतका कामलाई तीव्र गति दिएको छ । ती काम बोलपत्र आह्वान गरी निर्माण सेवामार्फत भइरहेको केन्द्रले जनाएको छ ।

प्राधिकरणले जिल्लामा रोल्पाको थबाङ हुँदै भूमे गाउँपालिका–६ महत भएर ३३ केभीएको र रुकुमपश्चिम हुँदै सदरमुकाम रुकुमकोट भएर आउने ११ केभीएको राष्ट्रिय प्रसारण लाइन जिल्लाभरि जोड्न लागेको कार्यालय प्रमुख युवराज रावतले जानकारी दिए ।

अहिले ३३ केभीएको लाइनको लागि शशी निर्माण सेवा कम्पनीद्वारा र ११ केभीएको लाइनको लागि सिस्ने हिमाल सेवा कम्पनीद्वारा काम भइरहेको छ । जिल्लाका मुख्यमुख्य बस्तीमा केन्द्रीय प्रसारण लाइन पुर्‍याउको लागि खण्डखण्ड विभाजन गरेर बोलपत्र आह्वान गरी निर्माण सेवा कम्पनीमार्फत काम थालिएको छ ।

प्रदेश कार्यालय हुँदै जिल्ला कार्यालयसम्म विद्युतीय सामान ढुवानीको लागि शशी निर्माण सेवाले जिम्मा लिएको छ । अहिले सिस्ने गाउँपालिका–६ खोपीचारदेखि रानीकोट खण्डमा निर्मल निर्माण सेवा कम्पनी, सिस्ने–५ रुमालबारा हुँदै लेखसम्मको खण्डमा सुवर्ण निर्माण सेवा एण्ड सप्लायर्सले काम गरिरहेका छन् ।

यसैगरी भूमे ४ साकिमदेखि पुथाउत्तरगङ्गा गाउँपालिकाको वडा नम्बर १४ को नाखाखण्डमा राप्ती निर्माण सेवा तथा भूमे–४ र सिस्ने–५ धौला पहिरादेखि चोताबारी, झुम्कामारे खण्ड गरी यी चारखण्डमा बोलपत्र आह्वानमार्फत केही दिनपछि काम शुरु गरिने भएको छ ।

यसैगरी सातखण्डको लागि माघ २९ गते देखि १५ दिनको समय दिइएर शिलबन्दी बोलपत्र आह्वान गरिएको छ । कार्यालयका अनुसार यही महिनाको अन्तिमसम्ममा रुकुमकोट बजारमा केन्द्रीय लाइन उपभोग हुने गरी काम भइरहेको प्रमुख रावतले जानकारी दिए ।

जिल्लाको विद्युत्लाई दिगो र भरपर्दा बनाउनका लागि जिल्लामै सदरमुकाम रुकुमकोट र भुमे गाउँपालिकाको काक्रिमा विद्युत् सवस्टेशन बनाउने तयारी भइरहेको पनि उनले बताए । जिल्लामा दुई ठाउँमा सवस्टेशन निर्माण भएमा बेलाबेलामा विद्युत् गइरहने समस्याको समाधान हुनेछ ।

स्थानीयस्तरमै उत्पादित लघु जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् पनि केन्द्रीय लाइनमा जोड्न सजिलो हुने विश्वास लिइएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ८ : १२ बजे

अर्का घाइते रवीन्द्रको मृत्युपछि आन्दोलनमा उत्रिए कप्तानगञ्जबासी, रुख ढालेर सडकमा अवरोध

सुनसरी- जिल्लाको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा गत १० गते (आइतबार) राति

अस्पताल परिसरमा नर्सको नारा : हाम्रो ब्लडप्रेसर होइन, तलब बढाइदेऊ

काठमाडौं– अनसनरत स्टाफ नर्स ज्योति रानाभाटप्रति ऐक्यबद्धता जनाउँदै वीर अस्पतालमा कार्यरत

गृहमन्त्री र ‘हिन्दू सम्राट सेना’बीचको वार्ताप्रति हर्कको आपत्ति, यस्ता समूहलाई निषेध गर्न माग

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले ’हिन्दू सम्राट सेना’

एमालेले भन्यो : सुनसरी घटनामा गृहमन्त्रीले मन जित्न सकेनन्, छानबिन समितिले न्याय दिन सक्दैन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले सुनसरी लगाएतका घटनामा पीडित

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र