गैँडा मर्नेक्रम बढेपछि नयाँ घाँसे मैदान व्यवस्थापन गरिँदै « Khabarhub

गैँडा मर्नेक्रम बढेपछि नयाँ घाँसे मैदान व्यवस्थापन गरिँदै


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- प्राकृतिक कारणले दुर्लभ एकसिङ्गे गैँडा मर्नेक्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनमा विशेष जोड दिएको छ ।

चालु आर्थिक वर्षमा ६०० हेक्टर नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए ।

उनका अनुसार निकुञ्जले घाँसे मैदान व्यवस्थापनलाई उच्च प्राथमिकता दिँदै तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ । ती मध्ये नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न तीन करोड र पुरानो १०० हेक्टरमा रु ५० लाख बजेट विनियोजन गरिएको छ ।

यसका लागि बोलपत्र आह्वान भइसकेको छ । ठेकेदार कम्पनीले एक करोड ८७ लाखमा सबै काम गर्नका लागि ठेक्का स्वीकारेको र केहीदिनभित्र काम शुरुआत हुने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए ।

नयाँ ५५ र पुरानो १५ स्थानमा घाँसे मैदान व्यवस्थापन गरिँदै छ । निकुञ्जको कूल क्षेत्रफलको १० प्रतिशत हाराहारी घाँसे मैदान रहेको अनुमान छ ।

प्रमुख संरक्षण अधिकृत रुपाखेतीले अहिलेसम्मकै बढी रकम घाँसे मैदान व्यवस्थापन गर्नका लागि निकासा भएको जानकारी दिए । गत वर्ष १९ लाख मात्रै घाँसे मैदान व्यवस्थापन गर्न बजेट विनियोजन भएको थियो ।

उनका अनुसार यस वर्षबाट आगो लगाउन बन्द गरेर औजार उपकरण प्रयोग गरेर घाँसे मैदान व्यवस्थापन गरिने भएको छ । यसका लागि उपकरणसमेत झिकाएर परीक्षण गर्ने काम भइरहेको छ । आउँदो तीन वर्षभित्रमा एक हजार ५०० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गर्ने तयारी निकुञ्जले जनाएको छ ।

चालु आवमा ४९ वटा पोखरीको मर्मतसम्हार, निर्माण र व्यवस्थापन गरिने कार्यक्रम रहेको छ । दुर्लभ एकसिङ्गे गैँडा प्राकृतिक कारणले मर्ने क्रम बढेपछि निकुञ्ज विभागले घाँसे मैदान र पानीका स्रोत व्यवस्थापनमा विशेष जोड दिएको हो ।

गत आर्थिक वर्षमा निकुञ्जमा ४३ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए । यस वर्षको हालसम्म निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा १८ वटा गैँडा प्राकृतिक कारणले मरिसकेका छन् ।

निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै गैँडा रहेको भए पनि घाँसे मैदान र पानीका स्रोत कम भएपछि तीनको खोजीमा भौतारिएका गैँडा धेरै मरेको अनुमान छ । दुई वर्ष अघि आएको बाढीका कारण बगाएर धेरै गैँडा पश्चिम क्षेत्रमा पुगेका थिए ।

चैत महिनामा गैँडा गणनासमेत गरिँदै छ । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा रहेका छन् । पछिल्ला वर्षहरुमा शिकारीका कारण भने गैँडा मरेका छैनन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ९ : ४५ बजे

राहुल गान्धीलाई सरकारी निवास छाड्न आदेश

नयादिल्ली- भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीलाई भारतीय संसद् लोकसभाले

तरकारी र फलफूलको मूल्य आज कति?

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

सत्ताको भागबण्डा अब चाँडै मिल्छ

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत लिएपछि नेपाली कांग्रेससहित

अमेरिकाको एक स्कुलमा गोली चल्यो, ६ जनाको मृत्यु

काठमाडौँ-अमेरिकाको टेनेसीको निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको

सगरमाथासहित ४ हिमाल सफा गर्ने टोलीको बिदाइ आज

काठमाडौँ – ‘सफा हिमाल अभियान २०२३’ अन्तर्गत सफाइ अभियानमा सहभागी