गैँडा मर्नेक्रम बढेपछि नयाँ घाँसे मैदान व्यवस्थापन गरिँदै « Khabarhub

गैँडा मर्नेक्रम बढेपछि नयाँ घाँसे मैदान व्यवस्थापन गरिँदै


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- प्राकृतिक कारणले दुर्लभ एकसिङ्गे गैँडा मर्नेक्रम बढेपछि चितवन राष्ट्रिय निकुञ्जले घाँसे मैदान व्यवस्थापनमा विशेष जोड दिएको छ ।

चालु आर्थिक वर्षमा ६०० हेक्टर नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न लागेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जानकारी दिए ।

उनका अनुसार निकुञ्जले घाँसे मैदान व्यवस्थापनलाई उच्च प्राथमिकता दिँदै तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ । ती मध्ये नयाँ ठाउँमा घाँसे मैदान व्यवस्थापन गर्न तीन करोड र पुरानो १०० हेक्टरमा रु ५० लाख बजेट विनियोजन गरिएको छ ।

यसका लागि बोलपत्र आह्वान भइसकेको छ । ठेकेदार कम्पनीले एक करोड ८७ लाखमा सबै काम गर्नका लागि ठेक्का स्वीकारेको र केहीदिनभित्र काम शुरुआत हुने निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले जानकारी दिए ।

नयाँ ५५ र पुरानो १५ स्थानमा घाँसे मैदान व्यवस्थापन गरिँदै छ । निकुञ्जको कूल क्षेत्रफलको १० प्रतिशत हाराहारी घाँसे मैदान रहेको अनुमान छ ।

प्रमुख संरक्षण अधिकृत रुपाखेतीले अहिलेसम्मकै बढी रकम घाँसे मैदान व्यवस्थापन गर्नका लागि निकासा भएको जानकारी दिए । गत वर्ष १९ लाख मात्रै घाँसे मैदान व्यवस्थापन गर्न बजेट विनियोजन भएको थियो ।

उनका अनुसार यस वर्षबाट आगो लगाउन बन्द गरेर औजार उपकरण प्रयोग गरेर घाँसे मैदान व्यवस्थापन गरिने भएको छ । यसका लागि उपकरणसमेत झिकाएर परीक्षण गर्ने काम भइरहेको छ । आउँदो तीन वर्षभित्रमा एक हजार ५०० हेक्टर नयाँ घाँसे मैदान व्यवस्थापन गर्ने तयारी निकुञ्जले जनाएको छ ।

चालु आवमा ४९ वटा पोखरीको मर्मतसम्हार, निर्माण र व्यवस्थापन गरिने कार्यक्रम रहेको छ । दुर्लभ एकसिङ्गे गैँडा प्राकृतिक कारणले मर्ने क्रम बढेपछि निकुञ्ज विभागले घाँसे मैदान र पानीका स्रोत व्यवस्थापनमा विशेष जोड दिएको हो ।

गत आर्थिक वर्षमा निकुञ्जमा ४३ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए । यस वर्षको हालसम्म निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा १८ वटा गैँडा प्राकृतिक कारणले मरिसकेका छन् ।

निकुञ्जको पश्चिमी क्षेत्रमा धेरै गैँडा रहेको भए पनि घाँसे मैदान र पानीका स्रोत कम भएपछि तीनको खोजीमा भौतारिएका गैँडा धेरै मरेको अनुमान छ । दुई वर्ष अघि आएको बाढीका कारण बगाएर धेरै गैँडा पश्चिम क्षेत्रमा पुगेका थिए ।

चैत महिनामा गैँडा गणनासमेत गरिँदै छ । पछिल्लो गणनाअनुसार निकुञ्जमा ६०५ गैँडा रहेका छन् । पछिल्ला वर्षहरुमा शिकारीका कारण भने गैँडा मरेका छैनन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ९ : ४५ बजे

मधेशमा सिँचाइ र माटो सुधारका लागि विशेष रणनीति ल्याइँदै

काठमाडौं– कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री गीता चौधरीले मधेश प्रदेशमा

साउने झरीले थपिदियो लघुवित्त पीडितलाई पीडा (तस्बिरहरु)

काठमाडौं– काठमाडौंमा परेको अविरल वर्षाले आन्दोलनकारी थप समस्यामा परेका छन्

शान्तिबाटिकामा रोकिए सिंहदरबार हिँडेका लघुवित्त पीडित (तस्बिरहरू)

काठमाडौं– सिंहदरबारसम्म पुग्ने उद्देश्यले लघुवित्त पीडितले बल्खुदेखि थालेको ‘राजधानी मार्च’ शान्तिबाटिकामा

‘नेपालको जलस्रोत सार्वजनिक’, जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह

काठमाडौं– नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा