कम्युनिष्टहरु आफ्नै कारणले सकिने संकेतहरु देखा परेको प्रचण्डको टिप्पणी « Khabarhub

कम्युनिष्टहरु आफ्नै कारणले सकिने संकेतहरु देखा परेको प्रचण्डको टिप्पणी


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिस्टको संस्कार र प्रवृत्तिमा थुप्रै समस्याहरु बढेको बताएका छन् ।

घुस काण्डमा मुछिएपछि नेकपाका केन्द्रीय सदस्य समेत रहेका गोकुल प्रसाद बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट राजीनामा दिनु परेको दोस्रो दिन भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संस्कार, विचार, राजनीति र प्रवृत्तिमा थुप्रै समस्याहरु बढेको उल्लेख गर्दै त्यसले राम्रो संकेत नगरेको बताएका हुन् ।

‘कम्युनिस्ट पार्टी, नेता कार्यकर्ताहरु सत्तामा नहुँदा, आन्दोलनमा हुँदा निक्कै ठूलो त्याग गर्न सक्ने, तपस्या गर्न सक्ने, जनतासँग घुलमिल हुन सक्ने, मन जित्न सक्ने, नभएको सत्ता प्राप्त गर्न सक्ने हुन्छन्,’ शुक्रबार भक्तपुरमा कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नारायणविलास जोशी स्मृति प्रतिष्ठानको भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रचण्डले भने, ‘कम्युनिस्ट पार्टीहरु सत्तामा पुगिसकेपछि कहिँ न कहिँ त्यो आदर्शबाट बिचलित हुने गरेका थुप्रै घटनाहरु विश्व इतिहासमा पनि छन् र नेपालका इतिहासमा पनि त्यसका संकेतहरु, लक्षणहरु देखिने गरेका छन् ।’

शोभियत संघको विघटनको प्रसंग उल्लेख गर्दै प्रचण्डले कम्युनिस्ट पार्टीका नेताहरु आफ्नो आदर्शबाट च्यूत हुँदा समस्या आउने गरेको बताए ।

‘हाम्रो पनि नियति त्यतै जाने खतराका संकेतहरु देखिन थालेका छन्, अहिले नै भइसक्यो भन्या होइन, आजभोलि यसो घटना हेर्‍यो मान्छेहरु त बिग्रिने, बिग्रिनेतिर जान थाले,’ प्रचण्डले भने ।

कम्युनिस्टहरु सत्तामा गइसकेपछि पद, प्रतिष्ठा, लोभ, लालचा अनि विभिन्न खालका विसंगति, विकृति, भ्रष्टाचारजन्य क्रियाकलपाहरुमा संलग्न हुने गरेको देखिन थालिएको भन्दै प्रचण्डले चिन्ता व्यक्त गरे ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ११ : १२ बजे

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन– अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको

वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा पाउँदाको खुसी

तनहुँ– वर्षौँदेखि आफूले उपभोग गर्दै आएको जमिनको लालपुर्जा कहिले पाइएला