आजदेखि सुरक्षाको ‘आमा’ र धुर्मुसको ‘सेन्टीभाइरस’ हलमा « Khabarhub

आजदेखि सुरक्षाको ‘आमा’ र धुर्मुसको ‘सेन्टीभाइरस’ हलमा


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज शुक्रवारदेखि नेपालमा फिल्म हलमा धुर्मुस सुन्तलीको ‘सेन्टीभाइरस’ र सुरक्षा पन्तको ‘आमा’ प्रदर्शनमा आएका छन् ।

रिलिजअघि दुवै फिल्मले राम्रो चर्चा कमाएका थिए । सिङ्गल थिएटरमा धुर्मुस सुन्तलीको ‘सेन्टीभाइरस’ ले ओपनिङ दर्शक पाएको छ ।

मल्टिप्लेक्समा भने दुवै फिल्मले बराबरजस्तै शो पाएका छन् ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्म ‘सेन्टीभाइरस’ मा सीताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सन विक्रम राई, सन्दीप क्षेत्री, राजाराम पौडेल, बुद्धि तामाङ लगायतका कलाकारको शीर्ष भूमिका रहेको छ ।

यो फिल्मलाई कमेडी जानरामा निर्माण गरिएको छ । फिल्मको ५० प्रतिशत कमाइ चितवनमा निर्माण भइरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सहयोग गरिने बताइएको छ ।

यस्तै आजैबाट प्रदर्शनमा आएको फिल्म ‘आमा’ मा मिथिला शर्मा र सुरक्षा पन्तको शीर्ष भूमिका छ । फिल्मको निर्देशन दीपेन्द्र के खनालले गरेका हुन् भने कथा र छायांकन पनि उनकै छ ।

आमाको सम्बन्ध र ममता देखाइएको यो फिल्मले मानवीय संवेदनालाई छुने प्रयास गरेको छ । फरक खालका फिल्म मन पराउने दर्शकले यो फिल्म रुचाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १२ : २७ बजे

मुस्ताङमा एक पथ प्रदर्शकको मृत्यु

मुस्ताङ– मनाङबाट राउन्ड अन्नपूर्ण चर्किय पदमार्गको थोरङ्ला पास गरी मुस्ताङ

एनपीएलमा जनकपुर विजयी, काठमाडौं ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा जनकपुर बोल्ट्स

नेप्से परिसूचक ३१ अंकले बढ्यो

काठमाडौँ –  धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

खर्चको विवरण सार्वजनिक गर्नुपर्नेमा समितिको जोड

काठमाडौँ– भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय

बनेपा बजार क्षेत्रको सडक निर्माण अघि बढ्यो

काठमाडौँ– लामो समयदेखि विवादका कारण रोकिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाअन्तर्गत बनेपा