सुदूरपश्चिमका पहाडी जिल्लामा छैटौंपटक हिमपात « Khabarhub

सुदूरपश्चिमका पहाडी जिल्लामा छैटौंपटक हिमपात


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डोटी– बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली जिल्लामा आज बिहानदेखि हिमपात शुरु भएको छ । योसहित यहाँका पहाडी जिल्लामा छैटौँपटक हिमपात भएको हो ।

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै शुक्रबार बिहानदेखि हिमपात शुरु भएको खप्तडमा तैनाथ रहेको नेपाली सेनाको गुरुगोरख गुल्मले जनाएको छ ।

गत माघ २० गते परेको हिउँ पग्लिन नपाउँदै फेरि आज हिमपात भएपछि जनजीवन प्रभावित बनेको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ ।

बझाङ, बाजुरा तथा अछामका उच्च लेकाली क्षेत्रमा शुक्रबार बिहानदेखि फेरि हिमपात शुरु भएको बताइएको छ । खप्तडस्थित झिग्राना, पानीखाल, शिखर, गोवडालेक, बडीकेदारथानलगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भई चिसो बढेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  १ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै