महोत्तरीको जलेश्वरनाथमा दर्शनार्थीको घुँइचो « Khabarhub

महोत्तरीको जलेश्वरनाथमा दर्शनार्थीको घुँइचो


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– आज भगवान् शिवको पूजा–आराधना गरी शिवालयहरुमा महाशिवरात्रि पर्व मनाइँदै छ ।

विहानैदेखि देशका विभिन्न शिवालयमा दर्शनार्थीको भिड लागेको छ । यस्तै, महोत्तरीको जलेश्वरस्थ्ति जलेश्वरनाथ मन्दिरमा पनि विहानैदेखि पूजा तथा दर्शनका लागि आउने भक्तजनको घुँइचो छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीय व्यक्तिले मन्दिर भित्रको जल निकालेर दर्शन गर्न सहज बनाएका छन् ।

शिवलिङ्ग समेत छोपिने गरी जलेश्रनाथ मन्दिरको गुफामा जल भरिएको हुन्छ । जल बाहिर निकाल्न कुनै पनि मेसिनरी सामग्री प्रयोग गर्न मिल्दैन ।

मन्दिरमा दर्शनका लागि शुक्रबार बिहान १ बजेदेखि सर्वसाधरणको प्रवेश खुला गरिएको थियो ।

जलेश्वरनाथ महादेवको दर्शन गर्न सर्वसाधारणसँगै विभिन्न राजनीतिक दलका प्रादेशिक तथा केन्द्रीय नेताहरु पनि पुगेका छन् ।
राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसहित सांसद सरिता साह पनि मन्दिर पुगे ।

प्रदेश सरकारका मन्त्री आभिराम शर्मा तथा प्रमुख जिल्ला अधिकारी तथा जलेश्वर नगरपालिकाका प्रमुख शंकर मिश्र लगायतले मन्दिरमा पूजा–आजा गरे ।


तस्वीरहरु– शुभम साह

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ३ : ३२ बजे

जतिसक्दो चाँडो ‘ग्रे लिस्ट’बाट बाहिरिने गरी काम गरौँ : अर्थमन्त्री

काठमाडौं – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विषयमा नेपाललाई वित्तीय कारबाही

युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु

युक्रेन– युक्रेनमा भएको रूसी आक्रमणमा तीन जनाको मृत्यु  हनुका साथै

लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी

लमजुङ– जिल्लामा यस वर्ष अलैँचीका दाना बिक्री गरी २४ करोड

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

एजेन्सी – भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बंगाल राज्यमा निपाह भाइरसका