महोत्तरीको जलेश्वरनाथमा दर्शनार्थीको घुँइचो « Khabarhub

महोत्तरीको जलेश्वरनाथमा दर्शनार्थीको घुँइचो


९ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– आज भगवान् शिवको पूजा–आराधना गरी शिवालयहरुमा महाशिवरात्रि पर्व मनाइँदै छ ।

विहानैदेखि देशका विभिन्न शिवालयमा दर्शनार्थीको भिड लागेको छ । यस्तै, महोत्तरीको जलेश्वरस्थ्ति जलेश्वरनाथ मन्दिरमा पनि विहानैदेखि पूजा तथा दर्शनका लागि आउने भक्तजनको घुँइचो छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहित स्थानीय व्यक्तिले मन्दिर भित्रको जल निकालेर दर्शन गर्न सहज बनाएका छन् ।

शिवलिङ्ग समेत छोपिने गरी जलेश्रनाथ मन्दिरको गुफामा जल भरिएको हुन्छ । जल बाहिर निकाल्न कुनै पनि मेसिनरी सामग्री प्रयोग गर्न मिल्दैन ।

मन्दिरमा दर्शनका लागि शुक्रबार बिहान १ बजेदेखि सर्वसाधरणको प्रवेश खुला गरिएको थियो ।

जलेश्वरनाथ महादेवको दर्शन गर्न सर्वसाधारणसँगै विभिन्न राजनीतिक दलका प्रादेशिक तथा केन्द्रीय नेताहरु पनि पुगेका छन् ।
राष्ट्रिय जनता पार्टी (राजपा)को अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोसहित सांसद सरिता साह पनि मन्दिर पुगे ।

प्रदेश सरकारका मन्त्री आभिराम शर्मा तथा प्रमुख जिल्ला अधिकारी तथा जलेश्वर नगरपालिकाका प्रमुख शंकर मिश्र लगायतले मन्दिरमा पूजा–आजा गरे ।


तस्वीरहरु– शुभम साह

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ३ : ३२ बजे

संसद लगत्तै रास्वपा संसदीय दलको बैठक

काठमाडौं- संसद बैठक सकिएलगत्तै बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी

राष्ट्रियसभा बैठक : कामका आधारमा सरकारको मूल्यांकन गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग

रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ?

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री