मेस्सी र रोनाल्डो भन्दा एमबाप्पे महंगो « Khabarhub

मेस्सी र रोनाल्डो भन्दा एमबाप्पे महंगो


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो विश्वकप फुटबलबाट उदाएका फ्रान्सका खेलाडी केलियन एमबाप्पेले लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोलाई पछि पारेका छन् ।

पेरीस सेन्ट जर्मेन (पीएसजी) का स्ट्राइकर केलियन एमबाप्पे विश्वकै सर्वाधिक मुल्यवान खेलाडी बनेका हुन् ।

ट्रान्सफरमार्केटले सार्वजनिक गरेको एक अध्ययन अनुसार फ्रान्सका युवा स्टार एमबाप्पे मुल्यवान खेलाडी बनेका हुन् ।

एमबाप्पेको मूल्य १ सय ८९ मिलियन पाउण्ड रहेको छ । उनले म्यानचेस्टर सिटीका स्ट्राइकर रहिम स्ट्रर्लिङलाई पछि पारेका छन् ।

दोस्रो स्थानमा रहेका स्ट्रर्लिङको मूल्य १ सय ५१ मिलियन पाउण्ड रहेको छ ।

पीएसजीकै फरवार्ड नेयमार तेस्रो, लिभरपुलका साडियो माने चौंथो र मोहमद सलाह पाँचौं स्थानमा रहेका छन् ।

नेयमारको मूल्य १ सय ५१ मिलियन पाउण्ड रहदा माने र सलाहको मूल्य समान १ सय ४१ मिलियन पाउण्ड रहेको छ ।

सर्वाधिक महंगा खेलाडीको सूचिमा मेस्सी ८ औं नम्बरमा छन् भने रोनाल्डोको नाम टप टेनभित्र समेत अटाएको छैन ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ६ : ४२ बजे

बराहक्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धनमा पूर्वाधार निर्माण प्रदेश सरकारको प्राथमिकतामा

सुनसरी– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बराहक्षेत्रको धार्मिक तथा पर्यटन

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२-८३ मा विभिन्न

परिपक्व र सबल लोकतन्त्रका लागि संविधान संशोधन हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विगतका उपलब्धिबाट पछाडि फर्किने नभई

सीप तथा रोजगार आयोजना गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले रोजगार प्रवर्द्धन दशकका रूपमा

दोलखा कांग्रेसमा अधिवेशनको तयारी तीव्र, देउवा समूहको छुट्टै सम्पर्क कार्यालय

दोलखा– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत असोज ३ र ४ गते