नोकियाले ल्यायो पहिलो पटक ५ जी फोन, यस्ता छन् विशेषता « Khabarhub

नोकियाले ल्यायो पहिलो पटक ५ जी फोन, यस्ता छन् विशेषता


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कुनै समय मोबाइल उत्पादकहरुको दुनियाँमा एकछत्र राज गरेको नोकिया कम्पनीले पहिलो पटक ५ जी स्मार्टफोन बजारमा ल्याएको छ ।

नोकियाको आधाकारिक वितरक एचएमडी ग्लोबलले नोकिया ८.३ ५जी स्मार्टफोन लन्च गरेको हो ।

यस्ता छन् विशेषता

यो प्रिमियम मिड रेन्जको स्मार्टफोन हो । यो नोकिया ८.१ को अपग्रेड भर्सन हो ।

यो फोनमा स्न्यापड्रागन ७६५ प्रोसेसर रहेको छ जून ५जी मोडेमसहित आउँछ ।

फोन पन्च होल डिस्प्ले डिजाइनमा रहेको छ । नोकिया ८.३ स्मार्टफोनमा फूलएचडी प्लस रिजोल्यूशन तथा अलवेज अन एचडिआर सपोर्ट रहेको छ ।

फोनमा ६.८ इन्चको प्योरडिस्प्ले स्क्रीन रहेको छ ।

फोनमा थ्रीडी गोरिल्ला ग्लास प्रोटेक्सन दिईएको छ । यो फोन पोलर नाइट कलर अप्सनमा आउँछ ।

नोकियाको यो फोनमा फोटोग्राफीका लागि प्यारेभ्यू क्वाड क्यामरा सेटअप दिईएको छ ।

यो सेटअपको प्राइमरी क्यामरा ६४ मेगापिक्सेलको छ भने ४ के अल्ट्रा एचडी सपोर्टका साथ १२ मेगापिक्सेलको वाइड एंगल क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा तथा २ मेगापिक्सेलको डेप्थ क्यामरा छ ।
सेल्फीका लागि फ्रन्टमा २४ मेगापिक्सेलको क्यामरा राखिएको छ । फोनमा ४,५०० एमएएचको ब्याट्री प्याक छ भने एन्ड्रोयड १० मा संचालन हुन्छ ।

नोकिया ८.३ ५जी स्मार्टफोनको  स्टोरेज क्षमता अनुसार ५ सय ९९ देखि ६४९ यूरोसम्म मूल्य तोकिएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ७ : ४२ बजे

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ

सुनसरी घटनाबारे सरकार : संयमता अपनाउन अपिल

काठमाडौं । सरकारले सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका