ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य सेवा « Khabarhub

ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य सेवा


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीका तीनवटा स्थानीय तहमा ज्येष्ठ नागरिकले घरमै स्वास्थ्य सेवा पाउन थालेपछि खुशी भएका छन् ।

मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमअन्तर्गत पाटन, दशरथचन्द र पुर्चौंडी नगरपालिकामा स्वास्थ्यकर्मी घरमै पुगेर ज्येष्ठ नागरिकलाई सेवा प्रदान गरिरहेका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए ।

तीनवटै स्थानीय तहमा एक एक हेल्थ असिष्टेन्ट वा स्टाफ नर्स खटाएर ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा दिने काम भइरहेको उनले बताए । स्वास्थ्यकर्मीले घरघरमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिरहेको छन् ।

उनले भने, “कार्यक्रम सञ्चालन भएका तीनै तहका प्रत्येक वडामा पुगेर स्वास्थ्यकर्मीले सेवा दिइरहेको छ ।”

ज्येष्ठ नागरिक स्वास्थ्य संस्थासम्म सेवाका लागि आउन नसक्ने भएकाले उनीहरुलाई घरमै पुगेर सेवा दिने कार्यक्रम थालिएको भट्टले जानकारी दिए ।

स्वास्थ्यकर्मीले घरमै पुगेर स्वास्थ्य सेवा दिँदा आफूहरु निकै खुशी भएको ज्येष्ठ नागरिकले बताएका छन् । घरमै आएर रक्तचाप जाँच गर्ने र अरु स्वास्थ्यका बारेमा स्वास्थ्यकर्मीले जानकारी दिँदा आफूहरु निकै खुशी भएको दशरथचन्द नगरपालिका–५ का सुरेश लेखकले बताए । उनले भने, “घरमै औषधि पाउँदा हामी निकै खुशी छौँ ।”

गाउँगाउँमा पुगेर ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने गरेको र घरमै सेवा पाउँदा उनीहरु खुशी भएको स्टाफ नर्स दीपा मौनीले बताए ।

अपाङ्गता परिचयपत्र वितरण

बैतडीको सुर्नया गाउँपालिकाले वडामै पुगेर अपाङ्गता परिचयपत्र वितरण गर्ने कार्यलाई निरन्तरता दिएको छ । अपाङ्गता परिचयपत्रका लागि आवश्यक कागजपत्र बनाइसकेका सेवाग्राहीलाई वडामै पुगेर परिचयपत्र वितरण गर्ने काम भइरहेको सुर्नया गाउँपालिकाका उपाध्यक्ष लीला विष्टले जानकारी दिए ।

अपाङ्गता भएका व्यक्तिलाई सम्बन्धित स्थानीय तहले नै परिचयपत्र वितरण गर्नुपर्ने प्रावधान छ । साविकको महिला तथा बालबालिका कार्यालयले यसअघि अपाङ्गता परिचयपत्र वितरण गर्दै आएको थियो ।

गाउँपालिकाका प्रत्येक वडामा पुगेर अपाङ्गता भएका व्यक्तिलाई उनीहरुको कागजपत्रको आधारमा परिचयपत्र वितरण गर्ने कार्य भइरहेको हो ।

सुर्नया गाउँपालिकाको वडा नं १, २, ३ र ४ मा अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । चार वटै वडामा १९ लाई अपाङ्गता परिचयपत्र वितरण गरिएको वडा नं ३ का वडाध्यक्ष दिलाराम भट्टले जानकारी दिए । अपाङ्गता परिचयपत्र प्राप्त गरिसकेपछि अपाङ्गता भएका व्यक्तिलाई सरकारी सेवा सुविधा लिन सजिलो हुने सुर्नया गाउँपालिका–१ का वडाध्यक्ष गजेन्द्रबहादुर चन्दले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ८ : २१ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको