कोरोनाको सङ्क्रमणबाट बच्न सावधानी अपनाउ : मुख्यमन्त्री पौडेल « Khabarhub

कोरोनाको सङ्क्रमणबाट बच्न सावधानी अपनाउ : मुख्यमन्त्री पौडेल


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशवासी तथा देश विदेशमा रहेका नेपालीलाई कोभिड–१९ को सङ्क्रमण विश्वव्यापी बनिरहेको भन्दै यसको सङ्क्रमणबाट बच्न सावधानी अपनाउन अनुरोध गरेका छन् ।

मुख्यमन्त्री पौडेलले आज एक सन्देश प्रकाशित गर्दै यो भाइरसलाई नेपालमा भित्रिनै नदिन नेपाल सरकार, वाग्मती प्रदेश सरकार तथा मातहतका निकाय लागेका बेला हामी सबै नागरिकको समेत साथ आवश्यक रहेको उल्लेख गरेका छन् ।

सो भाइरसलाई नेपालमा भित्रिनै नदिन नेपाल सरकार वाग्मती प्रदेश सरकार तथा मातहतका निकाय लागेका बेला हामी सबै नागरिकको समेत साथ आवश्यक छ ।

“त्यसैले सङ्घीय सरकार एवं वाग्मती सरकारले यसअघि गरेका अनुरोध तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनमार्फत गर्नुभएको आग्रहअनुसार आफ्ना दैनिक क्रियाकलाप सञ्चालन गर्नुहुन सबैमा अनुरोध गर्दछु”, मुख्यमन्त्री पौडेलद्वारा प्रकाशित सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ८ : ५३ बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि