कोरोना भाइरसका कारण बेलायतमा पूर्व गोर्खा सैनिकको मृत्यु « Khabarhub

कोरोना भाइरसका कारण बेलायतमा पूर्व गोर्खा सैनिकको मृत्यु


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरसका कारण बेलायतमा पूर्व गोर्खा सैनिकको मृत्यु भएको छ । बेलायतबाट प्रकाशित हुँदै आएको वीनेपाली नामक अनलाइनले जनाएअनुसार संखुवासभा घर भई हाल लण्डन साउथ ह्यारोमा बसोबास गर्दै आएका ६६ वर्षे लीलाबहादुर राईको गत मंगलबार मृत्यु भएको हो ।

उनको नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

समाचारमा जनाइएअनुसार मंगलबार दिउँसो ४ बजेतिर उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना गरिएको र सांझ ८ बजेतिर उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

निधनको तीन दिनपछिमात्र अस्पतालले राईको परिवारलाई सम्पर्क गरी उनको निधन कोरोना भाइरसका कारण भएको जानकारी दिएको थियो ।

कोरोना भाइरसका कारण राईको मृत्यु भएको पुष्टि भएसँगै उनको परिवारलाई पनि ‘आइसोलेसन’ मा राखिएको छ ।

हालसम्म बेलायतमा ४ हजार जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने कोरोना भाइरसका कारण १७७ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ८ : ३८ बजे

रानीसैन विवाद मिलाउन बाजुराका दलहरू एकजुट, शान्तिपूर्ण समाधानमा जोड

बाजुरा- रानीसैनलाई लिएर बाजुरा र हुम्लाबीचको विवाद शान्तिपूर्ण रुपमा समाधान

सुनितालाई घरमै नागरिकता

पर्वत– जन्मेदेखि नै पूर्ण अपाङ्गताको जीवन बिताउँदै आएकी पर्वतको जलजला

एमालेमा कलहबीच शंकर र योगेशको तस्बिर राख्दै रामकुमारीको तर्क, ‘समस्याको केन्द्र केपी ओली मात्रै होइनन्’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले महासचिव शंकर पोखरेल

बैंकिङ कारोबारमा बागमती प्रदेशको एकल वर्चस्व, कर्जा र निक्षेपमा कर्णाली सबैभन्दा पछाडि

काठमाडौं– नेपालको बैंकिङ क्षेत्रको कुल निक्षेप र कर्जा परिचालनमा बागमती

विषादी हालेर पकाइएका आँप चिन्ने ५ तरिका 

काठमाडौं– अहिले आँपको सिजन हो । स्वाद, सुगन्ध र पौष्टिकताले