प्रहरी र थुनुवाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ « Khabarhub

प्रहरी र थुनुवाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– जिल्ला प्रहरी कार्यालय सिरहाका ५ प्रहरी र १२ जना थुनुवाको र्‍यापिड डायग्नोस्टिक  टेस्ट (आरडीटी) गर्दा सबैको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालय सिरहाको समन्वयमा सोमबार भएको आरडिटी जाँचमा कोरोना नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

मस्जिदमा अनुगमन

यस्तै, भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत गरी सोमबार लहान नगरपालिका भित्रका मस्जिदहरुको अनुगमन गरिएको छ । इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा सर्वपक्षीय अनुगमन टोलीले लहान नगरपालिका वडा नम्बर ५, ४  र १८ स्थित मस्जिदहरुको अनुगमन गरेको हो ।

मुस्लिम समुदायको अवस्था बुझ्न आग्रह गरिएअनुसार अनुगमन गरिएको र आपसी धार्मिक सद्भाव तथा एकतालाई अझ बलियो बनाउँदै कोरोना भाइरसको जोखिमविरुद्ध लड्न अनुगमन गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक सरत थापा क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १० : १७ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक