प्रहरी र थुनुवाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ « Khabarhub

प्रहरी र थुनुवाको कोरोना परीक्षण, सबैको रिपोर्ट नेगेटिभ


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– जिल्ला प्रहरी कार्यालय सिरहाका ५ प्रहरी र १२ जना थुनुवाको र्‍यापिड डायग्नोस्टिक  टेस्ट (आरडीटी) गर्दा सबैको रिपोर्ट कोरोना नेगेटिभ आएको छ ।

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालय सिरहाको समन्वयमा सोमबार भएको आरडिटी जाँचमा कोरोना नेगेटिभ आएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

मस्जिदमा अनुगमन

यस्तै, भाइरसको सम्भावित जोखिमलाई दृष्टिगत गरी सोमबार लहान नगरपालिका भित्रका मस्जिदहरुको अनुगमन गरिएको छ । इलाका प्रशासन कार्यालय लहानको अगुवाइमा सर्वपक्षीय अनुगमन टोलीले लहान नगरपालिका वडा नम्बर ५, ४  र १८ स्थित मस्जिदहरुको अनुगमन गरेको हो ।

मुस्लिम समुदायको अवस्था बुझ्न आग्रह गरिएअनुसार अनुगमन गरिएको र आपसी धार्मिक सद्भाव तथा एकतालाई अझ बलियो बनाउँदै कोरोना भाइरसको जोखिमविरुद्ध लड्न अनुगमन गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक सरत थापा क्षेत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १० : १७ बजे

लोकसेवा आयोगमा सरकारी हस्तक्षेपको आरोप लगाउँदै युवाको प्रदर्शन

काठमाडौं– लोकसेवा आयोगको स्वायत्ततामा सरकारी हस्तक्षेप भएको भन्दै युवाहरूले काठमाडौंमा

भक्तजनका लागि पशुपतिनाथमा दर्शन र पूजाआजा व्यवस्थित

काठमाडौं– सौरमासअनुसार साउनको दोस्रो सोमबार आज पशुपतिनाथ मन्दिरमा भक्तजनको दर्शन र

सुनसरीमा कर्फ्युबीच पनि सर्वसाधारणका घर तोडफोड र आगजनी

सुनसरी- स्थानीय प्रशासनले लगाएको कर्फ्युबीच पनि सुनसरीमा सर्वसाधारणको घरमा आगजनी

बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर महिलाको  मृत्यु

सुदूरपश्चिम– बैतडीमा घाँस काट्ने क्रममा ढुङ्गाले लागेर एक जनाको मृत्यु

काठमाडौंमा साउन १३ देखि टप–१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप

काठमाडौं– प्रथम काठमाडौं खेलमण्डल(एनआरटी) नेपाल टप-१६ ग्रान्ड मास्टर्स स्नूकर च्याम्पियनसिप