विपतमा परेकाको सहयोगमा जुट्दै धुर्मुस सुन्तली « Khabarhub

विपतमा परेकाको सहयोगमा जुट्दै धुर्मुस सुन्तली


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा कोरोना भाइरसको कहरबीच सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका नेपालीलाई धुर्मुस सुन्तली फाउन्डेसनले सहयोग गर्ने भएको छ ।

फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले यसबारेमा जानकारी दिए । उनले सबै मिलेर मानवीय धर्म निर्वाह गर्नुपर्ने भन्दै सहयोग र समन्वयकारी भूमिका खेल्ने बताए ।

सरकारले गरेको लकडाउनका कारण हजारौं मजदुर समस्यामा परेका छन् । दैनिक काम गरेर गुजारा चलाउने वर्गमा आर्थिक संकट देखिएको छ ।

‘यो संकट र महामारीको बेला लकडाउनको पालना गर्नु हामी सबैको कर्तव्य हो, हामी पनि लकडाउनको पालना गरी घरबाट नै विभिन्न सन्देशमूलक सामग्रीहरु बनाइरहेका थियौं,’ धुर्मुस भन्छन्, ‘कोरोना संक्रमणका कारण लकडाउन लम्बिँदै गर्दा धेरै जनामा अभाव र संकट सिर्जना भएको छ, अब यो समयमा सबैजना मिलेर मानवीय धर्म निर्वाह गर्नुपर्छ ।’

उनले यो विषम परिस्थितिमा यदि कोही संकट र अभावमा भए सहयोग गर्न अनुरोध पनि गरेका छन् । उनले धुर्मुस सुन्तली फाउण्डेसनका तर्फबाट भनेका छन्, ‘विपतमा पर्नुभएकालाई सहयोग गर्न समन्वयकारी भूमिका निर्वाह गर्न हामी तयार छौं ।’

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ११ : ०३ बजे

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका

देवानगञ्ज घटनाबारे सुनसरीका रास्वपा सांसदसहितले भेटे गृहमन्त्री, विशेष घोषणा गर्न लागेको सुधनको जवाफ

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा