कोरोना भाइरस : मृत्यु हुनेभन्दा उपचार गरेर फर्कनेको संख्या बढ्दै « Khabarhub

कोरोना भाइरस : मृत्यु हुनेभन्दा उपचार गरेर फर्कनेको संख्या बढ्दै


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वलाई आतंकित बनाएको कोरोना भाइरस संक्रमितहरु उपचार गरेर घर फर्कनेको संख्या बढ्न थालेको छ । पछिल्लो तथ्यांक अनुसार ज्यान गुमाउनेको संख्याभन्दा निको भएर घर फर्किनेको संख्या चार गुणा बढी छ।

जोन हपकिन्स विश्वविद्यालयका अनुसार मंगलबार बिहानसम्म विश्वमा कोरोना भाइरसबाट १ लाख ७० हजार ४५६ जनाले ज्यान गुमाउँदा निको भएर घर फर्किनेको संख्या ६ लाख ५२ हजार १५० छ। यो मृत्यु हुनेभन्दा निको हुनेको संख्या करिब ४ गुणा बढी हो।

कोरोना निको हुनेहरुको संख्या सबैभन्दा धेरै जर्मनीमा छ। जहाँ अहिलेसम्म ९१ हजार ५ सय निको भएर घर फर्किएका छन्। जर्मनीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने ४ हजार ८ सय ६२ छ। यो भनेको मृत्यु हुने भन्दा निको हुनेको संख्या करिब १९ गुणा बढी हो।

यस्तै स्पेनमा कोरोना जित्नेको संख्या ८० हजार ५ सय ८७ पुगेको छ। जहाँ कोरोनाबाट ज्यान गुमाउनेको संख्या २० हजार ८ सय ५२ छ।

चीनमा कोरोनाबाट ४ हजार ६ सय ३६ जनाको मृत्यु हुँदा निको हुनेको संख्या ७७ हजार ७ सय ७४ छ। यो मृत्यु हुने भन्दा कोरोना जित्नेको संख्या करिब १७ गुणा बढी हो।

अमेरिकामा ७ लाख ८६ हजार ६ सय ३८ जना संक्रमित भएका छन् भने ४२ हजार ३ सय ८ जनाको मृत्यु भएको छ। ७२ हजार ७ सय ४९ जना निको भएर घर फर्किएका छन्।

इरानमा कोरोनाबाट ५ हजार २ सय ९ जनाको मृत्यु भएको छ भने ५९ हजार २ सय ७३ जना कोरोनालाई जितेर घर फर्किएका छन्। मृत्यु हुनेभन्दा कोरोना जित्नेको संख्या ११ गुणाभन्दा बढी छ।

इटालीमा २४ हजार १ सय १४ जनाको कोरोनाबाट मृत्यु भएको छ भने निको भएर घर फर्किनेको संख्या ४८ हजार ८ सय ७८ छ।

छिमेकी मुलुक भारतमा कोरोनाबाट ५ सय ९२ जनाले ज्यान गुमाउँदा ३ हजार २ सय ७३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

विश्वभर हरेक दिन कोरोना जितेर घर फर्किनेको संख्या २० देखि २५ हजारभन्दा बढी छ भने औसतमा कोरोनाबाट हरेक दिन ५ देखि ६ हजारले ज्यान गुमाइरहेका छन्।

सोमबार कोरोनाबाट ५ हजार ३ सय ६६ जनाको मृत्यु हुँदा २१ हजार २ सय ३० जना निको भएर घर फर्किएका छन्। यस्तै आइतबार ४ हजार ९ सय ८४ जनाले कोरोनाबाट ज्यान गुमाउँदा २८ हजार ६ सय १६ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

शनिबार ६ हजार ४ सय ३३ जनाको मृत्यु हुँदा २४ हजार ९ सय ९ जना कोरोना जितेर घर फर्किएका छन्।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १० : ४९ बजे

विश्वकप लिग-२ : टस जितेर ओमानविरुद्ध ब्याटिङ गर्दैै नेपाल

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको

प्रधानमन्त्री बालेन भन्छन्- नेताको भीडबाट होइन, विद्यार्थीले गुरुबाट राजनीति सिकून्

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालय र कर्मचारीतन्त्रलाई दलगत राजनीतिक

फेरि बजारमा एकपटक कमेडीको लहर

काठमाडौँ – ‘नयाँ पुस्ता परिवर्तनका सम्बाहक हुन्’ भन्ने भनाइको प्रभाव

आन्तरिक रणनीति तय गर्न सभापति थापा सक्रिय: आज कोइराला र खड्कासँग भेट्दै

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक रणनीति

अन्तुपोखरीः भैँसी चरन क्षेत्रदेखि पर्यटकीय गन्तव्यसम्म

इलाम – इलामको पर्यटकीय गन्तव्य अन्तु पोखरी चार दशकअघिसम्म भैँसी