उदयपुरमा कोरोना संक्रमित भेटिएपछि भोजपुरको घोडेटार बजार पूर्ण रुपमा बन्द « Khabarhub

उदयपुरमा कोरोना संक्रमित भेटिएपछि भोजपुरको घोडेटार बजार पूर्ण रुपमा बन्द


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– छिमेकी जिल्ला उदयपुरमा कोभिड–१९ को संक्रमण देखिएपछि भोजपुरको दक्षिणी क्षेत्रमा पर्ने हतुवागढी गाउँपालिकाको केन्द्र घोडेटार बजार पूर्ण रुपमा बन्द गरिएको छ । उदयपुरमा एकै दिन १२ जनामा कोरोना संक्रमण पुष्टि भएपछि सो जिल्लासंँग जोडिएका नाका बन्द गर्दै बजार पूर्णरुपमा बन्द गर्ने निर्णय भएको भोजपुर उद्योग वाणिज्य संघको घोडेटार शाखाले जनाएको छ ।

संघको घोडेटार शाखा र शाखाअन्तर्गत बनेको बजार व्यवस्थापन तथा अनुगमन समितिले यही वैशाख १५ गतेसम्म लागू हुने गरी घोडेटार बजार क्षेत्रभित्रका सम्पूर्ण पसल, होटल तथा अन्य व्यवसाय पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको संघका घोडेटार शाखाका कार्यवाहक अध्यक्ष भीमबहादुर प्रधानले जानकारी दिए ।

कार्यान्वयन तथा अनुगमनको जिम्मा इलाका प्रहरी कार्यालय घोडेटारलाई दिइएको संघले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । दैनिक उपभोग्य सामग्रीको मात्र आयात गरी स्थानीय सरकारको निर्देशन र सिफारिसअनुसार बिक्रीवितरण हुने जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ११ : २१ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक