कोरोना संक्रमणको आशंकामा आरडीटी परीक्षणका लागि मुस्लिमको पहिचान गर्दै काभ्रेका स्वास्थ्यकर्मी « Khabarhub

कोरोना संक्रमणको आशंकामा आरडीटी परीक्षणका लागि मुस्लिमको पहिचान गर्दै काभ्रेका स्वास्थ्यकर्मी


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बनेपा– काभ्रेपलाञ्चोकका स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मी आफ्ना क्षेत्रमा बस्ने गरेका मुस्लिम समुदायका व्यक्तिको पहिचानमा जुटेका छन् । हाल उनीहरु स्थानीय तहको स्वास्थ्य शाखामार्फत मस्लिम समुदायका व्यक्तिको पहिचान गर्दै र्‍यापिड डायग्नोस्टि टेस्ट (आरडीटी) गरिरहेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय यो हप्ता ‘मुस्लिम पहिचान, आरडिटी अभियान’ झैँ स्थानीयस्तरमा लागेको छ । ‘स्थानीयस्तरमा रहेका मुस्लिम समुदायका व्यक्तिको पहिचान गरी आरडिटी गराइरहेका छौँ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्र झाले भने । उनका अनुसार तीन दिनमा करिब ६० जनाको आरडिटी गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

गत हप्ता उदयपुरमा भेटिएका कारोना सङ्क्रमितमध्ये केही भारतीय मुस्लिमसमेत रहेकाले काभ्रेपलाञ्चोकमा बसोबास गर्दै आएका मुस्लिम समुदायका व्यक्तिको पनि ‘ट्राभल हिस्ट्री’ बुझ्दै आरडिटी गर्न थालिएको हो ।

स्थानीयस्तरमा ती समुदायका व्यक्तिलाई कोरोना भाइरसबारे सचेतना गराई उनीहरुको पछिल्लो यात्राबारे जानकारी लिँदै आवश्यकतानुसार परीक्षण गर्दै आएको झाले बताए । उनले भने, ‘उनीहरुको ट्राभल हिस्ट्री लिएपछि मात्रै आवश्यकतानुसार आरडिटी गर्छौं, आरडिटीमा पनि शङ्का लागेमा थप परीक्षण पिसीआर पनि गर्नेछौं ।’

कार्यालयले गरेको प्रारम्भिक पहिचानअनुसार बनेपा, पनौती, धुलिखेल र पाँचखाल नगरमा मुस्लिम समुदायका व्यक्ति बसोबास गर्ने पाइएको हो । बनेपा नगपालिका–१० थापागाउँमा बस्ने ३० मुस्लिमको परीक्षणमा नेगेटिभ रिपोर्ट आएको झाले जानकारी दिए ।

उनका अनुसार उनीहरुको हाल थप परीक्षण पोलिमरेज चेञ्ज रियाक्सन (पिसीआर) गर्नुपर्ने देखिएको छैन । ‘थप परीक्षण गर्नुपर्ने आवश्यकता भए गर्न सकिन्छ,’ झाले भने । उदयपुरमा आरडिटी गरिएको भारतीय मुस्लमको थप परीक्षणमा कारोना पोजेटिभ देखिएको थियो ।

बनेपा नगपालिका–१० मा बस्ने ३० मुस्लिम समुदायका व्यक्ति उदयपुरस्थित मुस्जिदको कार्यक्रममा सहभागी भएर आएको जानकारी प्राप्त भएको वडाध्यक्ष चन्द्रबहादुर खड्काले बताए । उनले भने, ‘उनीहरुको आरडिटीमा नेगेटिभ देखिए पनि पिसीआर गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छु ।’ उनका अनुसार २७ पुरुष र तीन महिलालाई ‘होम क्वारेन्टाइन’मै बसाइएको छ । उनीहरु निर्माण तथा गहना बनाउने कामका सिलसिलामा वर्षौँदेखि बनेपामा बस्दै आएका छन् ।

यसअघि विभिन्न मुलुकबाट गत चैत महिनायता घर फर्किएका २५१ काभ्रेलीमा गरिएको आरडिटीमा कारोना भाइरस नेगेटिभ देखिएको थियो । वाग्मती प्रदेशस्थित सामाजिक विकास मन्त्रालयले चैत अन्तिम हप्ता ३०० किट उपलब्ध गराएपछि आरडिटी गर्न थालिएको हो । काभ्रेपलाञ्चोकमा छ नपा र सात गाउँपालिका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ११ : ३२ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग