सय परिवारलाई आँचल र उदिपले बाँडे राहत « Khabarhub

सय परिवारलाई आँचल र उदिपले बाँडे राहत


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले देशैभर लकडाउन गरेको एक महिना पुगेको छ । लकडाउनका कारण ज्याला मजदुरी गरेर गुजारा चलाउने परिवारलाई दैनिक खाना जुटाउन पनि समस्या परेको छ ।

यही अवस्थालाई मध्यनजर गर्दै नायिका आँचल शर्मा र उदिप श्रेष्ठले आफ्नो टोलका एक सय परिवारलाई राहत वितरण गरेका छन् ।

आर्थिक रुपमा समस्यामा परेका परिवारलाई आँचल र उदिपले खाद्यान्न सहयोग गरेका हुन् । आँचलले सामाजिक सञ्जालमार्फत आर्थिक समस्यामा परेकालाई सहयोग गरेको बताएकी छिन् ।

उनले सबैलाई एकजुट हुन र सहयोग गर्न पनि अनुरोध गरेकी छिन् । उनले क्षेत्रपात्री क्षेत्रमा बसोबास गर्ने मजदुर परिवारलाई सहयोग गरेको र पुनः सहयोग गर्ने पनि बताएकी छिन् ।

‘म र उदिप जीले एउटा वेबसाइट निर्माण गरेर अनलाइनमार्फत जानकारी लिएर सहयोग गर्ने योजना बनाएका छौं, छिट्टै यसबारेमा जानकारी दिनेछु,’ आँचलले भनिन् ।

अरु नेपाली कलाकारहरुले ज्याला मजदुरी गर्दै आएका परिवारलाई सहयोग गर्दै आइरहेका छन् । केही समयअघिसम्म भने आँचलले बडो तामझामका साथ बिहे गरेको तर आर्थिक सहयोग नगरेको भन्दै विरोध भएको थियो ।

आँचलले गत २९ फागुनमा डाक्टर उदिप श्रेष्ठसँग बिहे गरेकी थिइन् । बिहेमा उनले १६ लाखको लेहेंगा लगाएको र हेलिकप्टर चढेर ह्यात होटलमा गएको खबरले चर्चा चर्चा पाएको थियो ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १२ : ३४ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र