कृषि विश्वविद्यालयले तितेपातीबाट बनायो हात सफा गर्ने स्यानिटाइजर | Khabarhub Khabarhub

कृषि विश्वविद्यालयले तितेपातीबाट बनायो हात सफा गर्ने स्यानिटाइजर


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामपुर– कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले तितेपातीको प्रयोगबाट स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रणबाट स्यानिटाइजर उत्पादन गरिएको हो ।

तितेपाती प्रयोग गरी बनाइएको स्यानिटाइजर पहिलो प्रयोग भएको विश्विद्यालयका उपप्राध्यापक सरोज सापकोटाले जानकारी दिए । सो स्यानिटाइजर विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार तयार पारिएको सापकोटाले बताए ।

केन्द्रले पहिलो चरणमा १८० लिटर स्यानिटाइजर उत्पादन गरेको र २० एमएलको बोतलमा प्याकिङ गरेको छ । स्यानिटाइजर सोमबारदेखि प्रयोगमा ल्याइएको छ ।

जिल्लाको नारायणगढ र नवलपुरको गैँडाकोट क्षेत्रका तरकारी तथा फलफूल बिक्री गर्ने व्यवसायी तथा कृषकलाई निःशुल्करूपमा वितरणसमेत गरिएको छ ।

सो अवसरमा विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलिया, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, जैविक प्रविधि केन्द्रका निर्देशक डा ईश्वरीप्रसाद कडरिया, कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकाललगायत उपस्थित थिए ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १२ : ०९ बजे

राजावादीलक्षित प्रधानमन्त्रीको टिप्पणी : जो मान्छे संविधान मान्दैनन्, तिनैले संसद अवरोध गरिरहेका छन्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संसदभित्र राजावादी र अराजकतावादीको उपस्थितिका

जनार्दनले भने- पार्टी बिग्रेकोमा प्रचण्डले आत्मआलोचना गरून्, राम कार्कीको प्रस्ताव- अब आलोपालो नेतृत्व गरौँ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको विवादका बाछिटा स्थायी समिति

‘पुरुषले बहुविवाह गर्न पाउने’ फेक न्यूज !

काठमाडौं– साउन १६ गते एउटा राष्ट्रिय मिडियामा ‘बहुविवाह गर्न पाउने

साउन २४ गते ३१औँ विश्व आदिवासी दिवस मनाइने

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघले यस वर्षपनि मौलिक रूपमा विश्व

विदेशबाट आयात हुने सामग्रीमा ‘नेपाल गुणस्तर चिह्न’ अनिवार्य गरिने

काठमाडौं‍– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र उद्योग, वाणिज्य तथा