अध्यादेश फिर्ता लिन सरकारलाई दवाव दिने कांग्रेसको निर्णय « Khabarhub

अध्यादेश फिर्ता लिन सरकारलाई दवाव दिने कांग्रेसको निर्णय


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी भएका २ वटा अध्यादेश फिर्ता लिन दवाव दिने निर्णय गरेको छ ।

मंगलबार बसेको पार्टी पदाधिकारीहरुको बैठकले सरकारले संविधानको मूल मर्म, भावना विपरित अहिलेको परिस्थितिमा ल्याउन नहुने अध्यादेश ल्याएको ठहर गर्दै ती अध्यादेश फिर्ताका लागि दवाव दिने निर्णय गरेको हो ।

सरकारसँग प्रत्यक्ष संवाद तथा विभिन्न रचनात्मक विरोधका कार्यक्रमबाट अध्यादेश फिर्ताका लागि दवाव दिने निर्णय भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

‘अहिले सडकमा गएर प्रदर्शन गर्ने अवस्था छैन । हामी पनि जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने अवस्था छ,’ कांग्रेस प्रवक्ता शर्माले भने, ‘तर सामाजिक सञ्जालमार्फत यस बीचमा हजारौं साथीहरुले कालो झण्डाको प्रदर्शनी गरिरहनु भएको छ ।’

प्रवक्ता शर्माले सरकारको निर्णयानुसार जारी भएका अध्यादेशविरुद्ध पार्टीका भातृ तथा सुभेच्छु संस्थाहरुले पनि आफ्नो धारणा सार्वजनिक गर्ने जानकारी दिए ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १२ : ४४ बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र