लकडाउनका बेला अनुगमन गर्दा भेटिएका अखाद्य वस्तु नष्ट « Khabarhub

लकडाउनका बेला अनुगमन गर्दा भेटिएका अखाद्य वस्तु नष्ट


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताराखोला– बाग्लुङको ताराखोला गाउँपालिकाले लकडाउनबीच पसल अनुगमन गर्दा भेटिएका अखाद्य वस्तु नष्ट गरेको छ । गाउँपालिकाको टोलीले पाँचै वटा वडाका करिब १०० पसलको अनुगमन गरेको थियो ।

लकडाउनका बेला हुन सक्ने अखाद्य वस्तुको बिक्री र उपभोगलाई रोक्न पसल अनुगमन गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । ‘कालो बजारी हुने, म्याद नाघेको सामान बेच्नेजस्ता कार्य हुन हामी दिँदैनौँ,’ उनले भने ।

पसलमा दैनिक उपभोग्य वस्तुको आपूर्तिको अवस्था बुझ्न पनि अनुगमनले सघाएको गाउँपालिकाले जनाएको छ । बरामद गरिएका अखाद्य वस्तुलाई सोमबार नष्ट गरिएको थियो । अनुगमनका क्रममा ८० वटा पसलमा मिति गुज्रेका वस्तु भेटिएका थिए ।

चामल, चिउरा, पेय पदार्थ, चाउचाउ, बिस्कुट, भुजालगायतका वस्तुमा म्याद नाघेको पाइएको थियो । अखाद्य सामग्री राख्ने र बेच्ने व्यवसायीलाई आइन्दा त्यसो नगर्न लिखित रुपमै निर्देशन दिइएको अध्यक्ष घर्तीले बताए ।

पसलबाट खरिद गरिने खाद्य वस्तुको म्याद र गुुणस्तरीयता यकिन गरेर मात्र उपभोग गर्न गाउँपालिकाले सर्वसाधारणलाई सचेत बनाएको छ । सकभर पसलमा पाइने तयारी खानाको प्रयोगलाई घटाउन अनुरोध गरिएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १ : ४० बजे

‘डिजिटल त्रिवि’देखि ‘रिसर्च युनिभर्सिटी’सम्म : के–के हुँदैछन् नयाँ काम ?

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल

पोखरा-भरतपुर-लुम्बिनीबीच ‘सिल्भर ट्रयाङ्गल’ पर्यटन प्रवर्द्धनको पहल

पाेखरा- देशका मुख्य पर्यटकीय गन्तव्य पोखरा, भरतपुर र लुम्बिनीलाई समेटेर

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की– बडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा भित्रिएका

सभामुख अर्याल आज स्वदेश फर्किँदै

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक