भारतको गुफामा भेटिए १ नेपालीसहित ६ विदेशी « Khabarhub

भारतको गुफामा भेटिए १ नेपालीसहित ६ विदेशी


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ऋषिकेश– भारतीय राज्य उत्तराखण्डको एक गुफामा लुकेको अवस्थामा ६ विदेशीसहित १ नेपाली फेला परेका छन् ।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन भारत सरकारले जारी गरेको लकडाउनका कारण अलपत्र परेका उनीहरु भारतीय शहर ऋषिकेश नजिकैको एक गुफामा फेला परेका हुन् ।

गुफामा फेला पर्नेमा ४ पुरुष र २ महिला छन् । पहिले उनीहरु ऋषिकेश शहर नजिकैको होटेलमा बस्दै आएका थिए । तर, होटलमा बस्नका लागि पैसा सकिएपछि उनीहरु गुफामा बस्न पुगेका सीएनएनले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

गुफामा फेला पर्नेमा १ नेपाली तथा यक्रेनका २ जना र फ्रान्स, टर्की तथा अमेरिकाका १–१ नागरिक छन् । उत्तराखण्ड प्रहरीका प्रवक्ता मुकेश चन्दले उनीहरु मार्च २४ देखि गुफामा बस्दै आएका जनाएका छन् ।

स्थानीयको सूचनाका लक्ष्मणझुला क्षेत्रको प्रहरीले उनीहरुलाई गुफाबाट उद्दार गरी नजिकैको आश्रममा पठाइएको उत्तराखण्ड प्रहरी प्रवक्ता चन्दले उल्लेख गरेका छन् ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सम्भावित संक्रमण रोक्न २ हप्ता सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको उत्तारखण्डका प्रहरी प्रवक्ता चन्दले बताएका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  २ : ०४ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर