बेनी-दरवाङ सडक सञ्चालन « Khabarhub

बेनी-दरवाङ सडक सञ्चालन


१५ कार्तिक २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक एक दिनपछि आज दिउँसोदेखि सञ्चालनमा आएको छ ।  

बेनी-नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा रहेको फापरखेतमा शुक्रबार राति पहिरो खसेपछि २४ किलोमिटर दूरीको सडकमा सिधा यातायात सञ्चालन बन्द भएको थियो । 

पूर्वाधार विकास कार्यालय म्याग्दीले ब्याकुहोलोडर परिचालन गरेर पहिरो पन्छाएपछि यातायातका साधन सञ्चालन हुन थालेका हुन् ।

पहिरो पन्छाउने जिम्मा लिएको मङ्गला कन्ट्रक्सनका प्रतिनिधि चक्रलाल पाण्डेले तत्काललाई मर्मत गरे पनि निरन्तर पहिरो खस्ने भएकाले जुनसुकै समयमा आवागमन अवरुद्ध हुने जोखिम रहेको बताए । 

बेनी-दरवाङ म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने लाइफलाइन मानिन्छ । 

फापरखेतमा विसं २०५८ मा सडकको मार्ग खोल्नुअघि देखिकै पहिरो रोकथामको प्रयास भए पनि सफल हुन सकेको छैन । पछिल्लो पटक यसअघि खस्नेभन्दा फरक ठाउँमा पहाडको ढिस्को चर्किएर पहिरो खस्न थालेकाले आवतजावत गर्न जोखिम देखिएको छ । 

प्रकाशित मिति : १५ कार्तिक २०८३, आइतबार  ५ : ०८ बजे

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि

पोखराविरुद्ध जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

प्रदेश प्रमुख खापुङसँग मुख्यमन्त्री कार्कीद्वारा बिदाइ भेट

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङसँग

स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षा समावेश

चितवन– भरतपुर महानगरपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रममा रक्तदान शिक्षालाई समावेश

बेनी-दरवाङ सडक सञ्चालन

म्याग्दी– म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम