इँटाभट्टामा मृत्यु भएका मजदुरको शव गाड्ने २ जना पक्राउ « Khabarhub

इँटाभट्टामा मृत्यु भएका मजदुरको शव गाड्ने २ जना पक्राउ


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– इँटाभट्टामा करेन्ट लागेर मृत्यु भएका एक जना मजदुरको शव गाडेको आरोपमा इँटाभट्टाका २ जना सञ्चालकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनुषाका विदेह नगरपालिका वडा नं ३ को जोगियामा रहेको भगवती इँटाभट्टा सञ्चालक अनिफ नदाफ र अजिम मन्सुरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रामेश्वर कार्कीका अनुसार सो भट्टाका मजदुर सुक्ता नदाफको करेन्ट लागेर मृत्यु भएपछि सञ्चालकले नदाफको शव प्रहरीलाई कुनै जनकारी नगराई इँटाभट्टा परिसरमा नै गाडेका थिए ।

४० वर्षीय नदाफको सोमबार साँझ भट्टामा बिजुलीको तार जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको बताइएको छ । नदाफको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा ल्याइएको छ भने पक्राउ गरिएका सञ्चालकहरुको अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ३ : ४० बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र