प्रहरीविरुद्ध नै अफवाह फैलाएको भन्दै सप्तरीमा १ जना पक्राउ « Khabarhub

प्रहरीविरुद्ध नै अफवाह फैलाएको भन्दै सप्तरीमा १ जना पक्राउ


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– शान्ति सुरक्षा र प्रहरीको छविमा आँच आउने गरी झुठो अफवाह फैलाएको आरोपमा सप्तरी प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका-४ बस्ने २६ वर्षीय दिवाकर कुमार साह छन् । प्रहरीले साहलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।

साहले खडक नगरपालिका-६ बीरपुर बस्ने ६५ वर्षीया महिलाको सगरमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको सम्बन्धमा सामाजिक सञ्जाल फेसबुक लाईभ मार्फत अफवाह फैलाएको प्रहरीको आरोप छ ।

प्रहरीले कुटपिट गर्दा उनको मृत्यु भएको भनी झुठो अफवाह फैलाएपछि सोही नगरपालिका-७ कुनैलीमोडबाट साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकरी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ५ : ५० बजे

धार्मिक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको ‘महादेव थान’

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–१ स्थित कावा खोलाको किनारमा रहेको ऐतिहासिक

कांग्रेस सहमहामन्त्रीमा खतिवडा र सिवाकोटी अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्री (खुला २) पदका

विश्वकप लिग- २ : आज नेपाल र ओमान खेल्दै

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखलामा आज नेपालले ओमानसँग प्रतिस्पर्धा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र