कोरोना कहर : हुम्लामा लकडाउन उल्लंघन गरे २५ हजार जरिवाना ! « Khabarhub

कोरोना कहर : हुम्लामा लकडाउन उल्लंघन गरे २५ हजार जरिवाना !


९ बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिमबाट जोगिन हुम्लाको नाम्खा गाउँपालिकाले लकडाउन उल्लंघन गरी सीमा क्षेत्रमा आवतजावत गर्नेलाई २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको छ ।

जनप्रतिनिधिको संयुक्त बैठकले सीमाबाट आवतजावत गरेको पाइए २५ हजार रुपैयाँ जरिवानासहित सम्बन्धित व्यक्तिकै खर्चमा १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।

गाउँबाट आधा घण्टामा पुग्न सकिने मैदानमा क्वारेन्टाइनको निर्माण गरिएको छ । बाहिरबाट आएकाहरुलाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्नु पर्ने, उल्लंघन गरेर घरमा गएको खण्डमा पूरै परिवार क्वारेन्टाइनमा बस्नु पर्ने नियम बनाइएको छ ।

गाउँपालिकाले पुलमा काँडाकाे बार लगाएर अन्य व्यक्तिहरुको प्रवेशमा समेत निषेध गरेको छ ।  स्थानीयले टुक्सोखोल्मु पुलमा काँडाको बार लगाएर आवतजावतमा रोक लगाएका हुन् ।

गाउँमा अन्य गाउँबाट आउने कोही पनि छिर्न नपाउन् भनेर स्थानीयले यस्तो उपाय निकालेको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर तामाङ (लामा)ले बताए ।

उनीहरुले  गाउँका बासिन्दाबाहेक अन्य अपरिचित व्यक्तिलाई गाउँमा छिर्न नदिन गाउँ प्रवेश गर्ने मुख्य पुल नै बन्द गरेका हुन् ।

पुलमा बार लगाउनुका साथै कोही नयाँ व्यक्तिहरु लुकीछिपी प्रवेश गर्लान् कि भनेर पालो मिलाएर पुलमा निगरानी समेत गर्ने गरिएको छ ।

यसैगरी नाम्खा गाउँपालिकाको वडा नं. ३ को केर्मी गाउँका बासिन्दाले पनि लकडाउन उल्लंघन गरेमा १० हजार जरिवाना तोकेका छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  १० : २६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै