अंपुन चक्रवातले भारत र बंगलादेशमा १५ जनाको मृत्यु « Khabarhub

अंपुन चक्रवातले भारत र बंगलादेशमा १५ जनाको मृत्यु


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बंगाल खाडीमा बनेको अंपुन नामको चक्रवातका कारण  भारत र बंगलादेशमा कम्तिमा १५ जनाको मृत्यु भएको छ ।

चक्रवातको प्रभावले भारतको कोलकता, पश्चिम बंगालसहित बंगलादेशमा भीषण वर्षासहितको ठूलो हावाहुरी चलेको थियो । उक्त चक्रावतले दुबै मुलुकमा १५ जनाको मृत्यु भएको उल्लेख भए पनि कहाँ कति भन्ने खुलाइएको छैन ।

ठूलो हावाहुरीका कारण रुखहरु उखेलिएका थिए भने हजारौं घरका छाना उडाएको तथा ठाउँ/ठाउँमा घर नै भत्किएको जनाइएको छ ।

चक्रवातको प्रभावले भारत र बंगलादेशका तटीय क्षेत्रबाट विस्थापित भएका करिव ३० लाख मानिसहरूलाई कोरोना भाइरस संक्रमणको त्रासले  कायम गरिएका प्रतिबन्धले राहत वितरणमा पनि समस्या भएको छ ।

सन् १९९९ पछि बंगालको खाडीमा बनेको सबैभन्दा ठूलो भनिएको उक्त चक्रवातको असर अब भने क्रमिक रूपमा घट्दै जाने बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ६ : ५६ बजे

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको

यु–१९ विश्वकप र एनपीएल लक्षित क्रिकेट पूर्वाधार निर्माण तीव्र

काठमाडौं– नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता आईसीसी

तटबन्धले जोगायो गैँडाकोटको बस्ती

नवलपुर– यही असोज ११ गते नारायणी नदीमा पछिल्लो ६० वर्षयताकै