गोदावरी नगरपालिकाद्वारा काठमाडौंका तीन क्षेत्रको तरकारीमा प्रतिबन्ध « Khabarhub

गोदावरी नगरपालिकाद्वारा काठमाडौंका तीन क्षेत्रको तरकारीमा प्रतिबन्ध


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ललितपुरको गोदावरी नगरपालिकाले काठमाडौँका तीन क्षेत्रबाट विक्री हुने तरकारी प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि नगरपालिकाले एक सूचना जारी गर्दै कालीमाटी, बल्खु र बानेश्वर क्षेत्रको तरकारी र फलफूल आफ्नो नगरमा प्रतिबन्ध लगाएको घोषणा गरेको हो।

मेयर गजेन्द्र महर्जनले विज्ञप्ति जारी गर्दै कालीमाटी, बल्खु र बानेश्वर क्षेत्रबाट तरकारी र फलफूल ल्याएर विक्रीवितरण गरेमा कडा कारबाही गरिने चेतावनी दिएका छन् ।

ती क्षेत्रमा आउने तरकारी तराई तथा भारतबाट ल्याइने भएकाले कोरोना संक्रमणको जोखिम बढाउने खतरा रहेको नगरपालिकले विज्ञप्तिमार्फत जनाएको छ ।

त्यस्तै नगरपालिका क्षेत्रका खाद्यान्न पसल बिहान ५ देखि ११ बजेसम्म खोल्न दिने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाद्वारा जारी सूचना

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  १० : १६ बजे

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र

विश्वप्रकाश आगामी चुनावमा नउठ्ने, भने : बाँचुञ्जेल क्षेत्र कब्जा गर्ने पक्षमा म छैन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुन २१ मा

थाइल्यान्डले सीमा क्षेत्रमा मूर्ति हटायो

एजेन्सी– थाइल्यान्ड सरकारले आफ्नो सेनाले कम्बोडियासँगको विवादित सीमा क्षेत्रमा रहेको

नाग्म–गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला– नाग्म–गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ ।