२४ घण्टामा संक्रमितको संख्या अहिलेसम्मकै सर्वाधिक, कोरोना तत्काल नियन्त्रण नहुने डब्ल्युएचओको चेतावनी « Khabarhub

२४ घण्टामा संक्रमितको संख्या अहिलेसम्मकै सर्वाधिक, कोरोना तत्काल नियन्त्रण नहुने डब्ल्युएचओको चेतावनी


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एकै दिन अहलेसम्मकै धेरै कोरोना भाइरसका संक्रमित भेटिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले महामारी नियन्त्रणमा आउन धेरै समय लाग्ने चेतावनी दिएको छ ।

विश्वमा बुधबार एकै दिन अहिलेसम्मकै धेरै एक लाख ६ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि डब्ल्युएचओले महामारी तत्काल नियन्त्रणमा आउन नसक्ने जनाएको हो ।

बुधबारको पत्रकार सम्मेलनमा डब्ल्युएचओका प्रमुख डा.टेडरोज आध्यनोम गेब्रेयेसोसले पछिल्ला दिनमा कम तथा मध्यम आय भएका देशहरुमा संक्रमण बढ्दै गएकोमा चिन्ता जनाएका छन् ।

विश्वमा संक्रमितको वास्तविक संख्या अहिले बाहिर आएको भन्दा धेरै हुन सक्ने समेत उनले बताएका छन् । धेरै देशमा पर्याप्त परीक्षण नभएकाले संक्रमण पुष्टि हुनेको संख्या बढ्न सक्ने उनले बताएका छन् ।

डब्ल्युएचओका अनुसार अहिलेसम्म ४८ लाखभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ३ लाख १९ हजार हाराहारी मानिसको मृत्यु भएको छ ।

तर कोरोना भाइरसकै सूचना अद्यावधिक गरिरहेका कतिपय साइटहरूले भने मृतकको संख्या ३ लाख २९ हजारभन्दा बढी र संक्रमितको संख्या ५१ लाख हाराहारी पुगेको तथ्यांक सार्वजनिक गरेका छन् ।

डब्ल्युएचओले संक्रमण नियन्त्रणमा आउन समय लाग्ने जनाइरहँदा अमेरिकासहितका कतिपय युरोपेली मुलुकहरूले भने लकडाउन खुकुलो बनाइसकेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ११ : ३१ बजे

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु

बन्दीपुरमा ‘गाउँ पर्यटन मार्ट’: हिमाली स्वाददेखि तराईको संस्कृतिसम्म

बन्दीपुर – पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा बिहीबारदेखि ‘गाउँ

मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन

झापा – मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२–८३ को

कञ्चनपुरका मजदुरलाई छैन न्यूनतम ज्याला, महिलामाथि विभेद

कञ्चनपुर – भीमदत्त नगरपालिका–८ की राजमती दमाईले गत सिजनमा अढाइ