झापामा संक्रमितको संख्या २७ पुग्यो « Khabarhub

झापामा संक्रमितको संख्या २७ पुग्यो


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा कोराना भाइरसको सङ्क्रमण देखिएका व्यक्तिको सङ्ख्या २७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायले आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा कचनकवल गाउँपालिका वडा नं ३, ६ र ७ का १५ थपिएको जनाएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले हस्ताक्षर गरेको विज्ञप्तिमा १८ देखि ४६ वर्षका पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाइएको छ । योसँगै कचनकवल गाउँपालिकामा मात्रै सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ ।

भारतका विभिन्न स्थानबाट मङ्गलबार आएका उनीहरुलाई केचनाकै सीमा क्षेत्रबाट उद्धार गरी पालिकाले तयार गरेको क्वारेन्टिनमा राखिएको थियो ।

क्वारेन्टिनमा बसेका ६५ जनाको स्वाब सङ्कलनका मङ्गलबार नै कोशी अस्पताल विराटनगर पठाइएको थियो । त्यसमध्येबाट पाँच जनाको बुधबार नै कोराना पुष्टि भएको थियो भने थप १५ जनाको पिसीआर रिपोर्ट पोजेटिभ आएको आज बिहान विज्ञप्ति जारी गरी मन्त्रालय जनाएको छ ।

यसअघि सो पालिकामै भारतको मुम्बइबाट आएका १० युवामा कोरोना पुष्टि भएको थियो । पालिकामा सङ्क्रमित भेटिएसँगै जेठ ११ गतेसम्म सिल गरिएको छ । भारतबाट आउने नेपाली नागरिकलाई सुरक्षितरूपमा क्वारेन्टिनमा राख्ने काम भइरहेको जनाइएको छ । यसअघि दमक र बाह्रदशीमा दुई जनामा कोरोना पुष्टि भएको छ । उनीहरु उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

यहाँको काँकडभिट्टा, कचनकबल, टाघनडुब्बा र गौरीगञ्जबाट सयौँको सङ्ख्यामा भित्रिरहेका नेपालीका कारणसमेत झापा प्रदेशको ‘डेन्जरजोन’मा परेको हो । विर्तामोड नगरपालिकाले कोरोना भाइसकको सङ्क्रमण फैलिन नदिन आज राति १२ बजेदेखि नगर सबै नाका सिल गर्ने भएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ११ : ३६ बजे

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा

इजीजेटमा क्याबिन क्रूको आन्दोलन, फ्रान्सबाट १०० भन्दा बढी उडान रद्द

पेरिस-उडान तालिकामा बारम्बार परिवर्तन भएको भन्दै इजीजेटका क्याबिन क्रूले आन्दोलन

कङ्गोमाको इबोला प्रकोप तीव्र

एजेन्सी– लोकतान्त्रिक गणतन्त्र कङ्गोमामा चलिरहेको इबोला प्रकोप तीव्र रुपमा फैलिएर

अनलाइनमार्फत स्वास्थ्य बिमामा आबद्ध हुन सकिने

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले अनलाइनबाट बिमामा आबद्ध हुनसक्ने प्रक्रिया सुरु

काठमाडौं प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क