संक्रमितको मृत्यु पुष्टि गर्दै प्रदेश ५ का सामाजिक विकास मन्त्रीले भने- बचाउन सकिएन « Khabarhub

संक्रमितको मृत्यु पुष्टि गर्दै प्रदेश ५ का सामाजिक विकास मन्त्रीले भने- बचाउन सकिएन


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले गुल्मीका ४१ वर्षीया पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले विज्ञप्ति निकाल्दै क्रिमसन अस्पतालमा उपचारत गुल्मीका ४१ वर्षीया कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको जानकारी दिएका हुन् ।

विज्ञप्तिमा मन्त्री बरालले अनेक प्रयास गर्दा पनि बचाउन नसकिएको बताएका छन् ।

मन्त्री बरालले जारी गरेको विज्ञप्तिमा मृतक ४१ वर्षीय पुरुष देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक समेत रहेको जनाइएको छ ।

यसअघि कोरोना संक्रमितको तथ्यांक र मृत्युको घटनाका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक तथ्यांक सार्वजनिक गर्ने गरेको थियो । तर गुल्मीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको ५ घण्टा बितिसक्दा पनि स्वास्थ्य मन्त्रालयले कुनै जानकारी सार्वजनिक गरेको छैन ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  १२ : ४० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै