तीन दिनमा करेन्ट लागेर तीनको मृत्यु « Khabarhub

तीन दिनमा करेन्ट लागेर तीनको मृत्यु


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको बोदे बर्साइन नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

बत्ती बाल्ने क्रममा बोदे बर्साइन–९ की ४० वर्षीया मिरकुन सदाको आज मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते उहाँको उपचारका लागि बोदे बसाईन–५ स्थित जीवन दीप अस्पताल ल्याउने क्रममा मृत्यु भएको परिवारले बताएको छ ।

गत तीन दिनको अवधिमा यहाँ तीनजनाको करेन्ट लागेर मृत्यु भएको छ । यसअघि डाक्नेश्वरी तथा खडक नगरपालिकामा एक/एकजनाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए ।

डाक्नेश्वरी नगरपालिका–१० मा ३५ वर्षीय रञ्जितकुमार साह र खडक नगरपालिका–३ बस्ने २२ वर्षीया बबिताकुमारी मण्डलको करेन्ट लागेर मृत्यु भएको हो । घरमा मोटर जडान गर्ने क्रममा साहलाई करेन्ट लागेको थियो भने खेतमा घाँस काटिरहेका बेला मण्डललाई करेन्ट लागेको थियो ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ४ : ०० बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र

बालबालिका र किशोर–किशोरीमाथि बुलिङ भएको कसरी थाहा पाउने ?

काठमाडौं– सरकारले ‘स्वस्थ मन : स्वस्थ जीवन’ भन्ने मूल सन्देशसहित मानसिक स्वास्थ्य