धादिङको गुम्दी स्वास्थ्यचौकी सिल « Khabarhub

धादिङको गुम्दी स्वास्थ्यचौकी सिल


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको गंगाजमुना गाउँपालिका वडा नं ४ स्थित गुम्दी स्वास्थ्य चौकी सिल गरिएको छ ।

लामो समय बसेर काठमाडौं गएका लमजुङ जिल्लाका तीन वर्षीय बालकमा कोरोनाको संक्रमण देखिएपछि उनी बसेको स्वास्थ्य चौकी र आसपासका क्षेत्र सिल गरिएको हो ।

साथै स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु अनिश्चितकालको लागि बन्द गरिएको छ । सरकारले लकडाउन घोषणा गरेपछि काठमाडौंमा रहेका ती बालक आफ्नी आमासँगै मामाघरको हजुरबुवा कार्यरत गुम्दी स्वास्थ चौकीमा गत चैत १२ गते आएका थिए ।

गत बैशाख २९ गते आमासहित काठमाडौं फर्किएका उनीहरुलाई घरवबेटीले कोरोना चेकजाँच गर्न लगाएपछि परीक्षण गर्दा बालकमा कोरोनाको संक्रमण पोजिटिभ देखिएको थियो । सँगै रहेकी बालकको आमालाई भने कोरोना देखिएको छैन ।

जिल्ला सुरक्षा समितिले ती बालकका हजुरबुवा कार्यरत गुम्दी स्वाथ्य चौकीको सम्पुर्ण सेवा बन्द गराएको छ भने उनी बसेको घरक्षेत्रका चारकिल्ला तोकेर सिल गरिएको छ ।

स्वास्थ्य चौकी रहेको पूर्वमा सुर्दुङ खोला, पश्चिममा सातदोवाटो जाने बाटो, उत्तरमा धंगारचौर र दक्षिणमा सताहखोलाबीचको क्षेत्र पूर्ण रुपमा सिल गरि निषेधाज्ञा जारी गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

ती बालकका हजुरबुबासहित उनको सम्पर्कमा आएकाहरू, गुम्दीमा उनीहरूले डेरा लिएको घरका परिवारको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गर्न थालिएको स्वास्थ्य कार्यलय धादिङका महामारी फोकल पर्सन दिपक अछामीले जानकारी दिए

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ५ : २५ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी