धादिङको गुम्दी स्वास्थ्यचौकी सिल « Khabarhub

धादिङको गुम्दी स्वास्थ्यचौकी सिल


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– धादिङको गंगाजमुना गाउँपालिका वडा नं ४ स्थित गुम्दी स्वास्थ्य चौकी सिल गरिएको छ ।

लामो समय बसेर काठमाडौं गएका लमजुङ जिल्लाका तीन वर्षीय बालकमा कोरोनाको संक्रमण देखिएपछि उनी बसेको स्वास्थ्य चौकी र आसपासका क्षेत्र सिल गरिएको हो ।

साथै स्वास्थ्य चौकीबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु अनिश्चितकालको लागि बन्द गरिएको छ । सरकारले लकडाउन घोषणा गरेपछि काठमाडौंमा रहेका ती बालक आफ्नी आमासँगै मामाघरको हजुरबुवा कार्यरत गुम्दी स्वास्थ चौकीमा गत चैत १२ गते आएका थिए ।

गत बैशाख २९ गते आमासहित काठमाडौं फर्किएका उनीहरुलाई घरवबेटीले कोरोना चेकजाँच गर्न लगाएपछि परीक्षण गर्दा बालकमा कोरोनाको संक्रमण पोजिटिभ देखिएको थियो । सँगै रहेकी बालकको आमालाई भने कोरोना देखिएको छैन ।

जिल्ला सुरक्षा समितिले ती बालकका हजुरबुवा कार्यरत गुम्दी स्वाथ्य चौकीको सम्पुर्ण सेवा बन्द गराएको छ भने उनी बसेको घरक्षेत्रका चारकिल्ला तोकेर सिल गरिएको छ ।

स्वास्थ्य चौकी रहेको पूर्वमा सुर्दुङ खोला, पश्चिममा सातदोवाटो जाने बाटो, उत्तरमा धंगारचौर र दक्षिणमा सताहखोलाबीचको क्षेत्र पूर्ण रुपमा सिल गरि निषेधाज्ञा जारी गरिएको जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

ती बालकका हजुरबुबासहित उनको सम्पर्कमा आएकाहरू, गुम्दीमा उनीहरूले डेरा लिएको घरका परिवारको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गर्न थालिएको स्वास्थ्य कार्यलय धादिङका महामारी फोकल पर्सन दिपक अछामीले जानकारी दिए

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ५ : २५ बजे

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र

एसीसी प्रिमियर कप फाइनल : टस जितेर युएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले टस

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो