हत्या अभियोगमा कतारमा एक नेपालीलाई मृत्युदण्ड | Khabarhub Khabarhub

हत्या अभियोगमा कतारमा एक नेपालीलाई मृत्युदण्ड


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतारमा रहेका एक नेपालीलाई मृत्युदण्ड दिइएको छ । हत्या अभियोगमा  महोत्तरी औराही–१,का अनिल चौधरीलाई मृत्युदण्ड दिएको जनाइएको छ ।

चौधरीमाथि कतारका नागरिक उमैर मोहम्मद उमैर अल रमाजानी अल–नुयमीको हत्याको अभियोगमा दोषी ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला सुनाएको थियो।

उनी हत्या गरेको अभियोगमा सन् २०१७ अप्रिलको पहिलो हप्ता पक्राउ परेका थिए । उनले नुयमीमाथि दर्जनौं पटक खुकुरी प्रहार गरेको आरोप ठहर गरिएको थियो ।

उनले हत्या गरेको अभियोगमा त्यहाँको तल्लो अदालतले मृत्युदण्डको फैसला गरेको थियो । भने सर्वोच्च अदालतले पनि अनुमोदन गरेपछि जेल प्रशासनले मृत्युदण्डलाई कार्यान्वयन गरेको हो।

कतारमा नेपालीलाई मृत्युदण्ड दिइएको यो पहिलो हो । त्यस्तै नेपालीद्वारा कतारी नागरिकको हत्या गरिएको यो नै पहिलो घटना हो । तर कतारमा नेपालीद्वारा नेपालीकै हत्या अभियोगमा १० जना जेलमा छन् ।

उनी २०१५ अगष्ट २७ गते कतार गएका थिए । क्लिनिङ कम्पनीमा सामान्य मजदुरको काम गर्थे । हत्या आरोप प्रमाणित भएसँगै उनलाई केन्द्रीय कारगारमा राखिएको थियो ।

चौधरीलाई मृत्युदण्ड दिइएकोबारे कतारस्थित नेपाली दूतावासलाई जानकारी गराइएको छ। नेपाली दूतावास दोहाले काठमाडौंस्थित कन्सुलर विभागमा यसबारे जानकारी गराइसकेको जनाएको छ । साथै कतार सरकारले उनको शव नेपाल ल्याउन अनुमति दिएको समेत जनाइएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ६ : ३३ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’