बाँके र कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित ४५७ पुगे « Khabarhub

बाँके र कपिलवस्तुमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित ४५७ पुगे


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विहीबार साँझ नेपालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिर अधिकारीका अनुसार भेरी अस्पताल नेपालगंज र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा उनीहरुमाकोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमित व्यक्ति बाँकेको नैनापुर-३ का ३२ वर्षीया पुरुष, खजुरा-३ निवासी ४२ वर्षीय महिला र कपिलवस्तुको सुद्दोधन गाउँपालिका निवासी १९ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोना संक्रमित मध्ये तीन जनाको मृत्यु भएको छ भने ४९ जना निको भएर घर फर्किएका छन्  । हालसम्म ३८ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।

नेपालका कुन जिल्लामा कति संक्रमित छन् ? यो सूची हेर्नुहोस्

१. बाँके – १०१ संक्रमित, १ को मृत्यु
२. पर्सा ९१
३. कपिलवस्तु ६०
४. उदयपुर ३३
५. रुपन्देही २९
६. काठमाडौं १२
७. कैलाली ४
८. बारा ४
९. रौतहट २२
१०. धनुषा ८
११. वाग्लुङ्ग २
१२. चितवन ३
१३. झापा ३५
१४. सर्लाही ५
१५. महोत्तरी ३
१६. भक्तपुर ३
१७. बर्दिया २
१८. नवलपरासी (पश्चिम) ३
१९. कंचनपुर १
२०. भोजपुर १
२१. सप्तरी १
२२. नवलपरासी (पूर्वि) १
२३. धादिङ २
२४. मकवानपुर २
२५. सिरहा १
२६. दाङ ५
२७. काभ्रेपलान्चोक १
२८. सिन्धुपाल्चोक १, संक्रमितको मृत्यु
२९. धनकुटा ७
३०. मोरङ ४
३१. गुल्मी १, संक्रमितको मृत्यु
३२. सुनसरी ३
३३. दैलेख १
३४. खोटाङ्ग १
३५. ललितपुर १
३६. लमजुङ १
३७. सिधुली १
३८. रामेछाप १
जम्मा-४५७

 

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ८ : ३३ बजे

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु