मनिषा कोइरालालाई ‘मह’जोडी लगायतका कलाकारको साथ « Khabarhub

मनिषा कोइरालालाई ‘मह’जोडी लगायतका कलाकारको साथ


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालले लिम्पियाधुरा समेटिएको नयाँ नक्सा जारी गरेको खुशीयालीमा अभिनेत्री मनिषा कोइरालले गरेको ट्वीटलाई लिएर भारतीय मिडियामा हंगामा मच्चिएको छ ।  अभिनेत्री कोइरालालाई गाली गर्दै भारतीय मिडियाहरुले उनलाई विवादित बनाएका छन् ।

भारतीय मिडियाहरुले कोइरालाको विरोध गरिरहेका बेला नेपालका चर्चित कलाकारहरु भने मनिषाको पक्षमा उभिएका छन् । उनीहरु सबैले अभिनेत्री कोइरालाको अभिव्यक्तिको खुलेर स्वागत गरेका छन् ।

सामाजिक सञ्जालहरुबाट नेपालीहरुले अभिनेत्री कोइरालाको कर्मभूमि भारतको मुम्बई भएपनि उनी नेपाली छोरी हुन् र उनले त्यही भावना व्यक्त गरेकी भनेर हौसला बढाइरहेका छन् ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसहित कलाकार दिपाश्री निराैला र जितु नेपालले मनिषाकाे समर्थन गरेका छन् । रेडियाे काठमाडौं ९२.१ मेघाहर्जमा यु .पी. लामिछानेसँगकाे संवादमा उनीहरुले काेइरालाकाे पक्षमा धारणा राखे ।

कलाकार मदनकृष्ण श्रेष्ठले आफू भूगाेलकाे विद्यार्थी भएकाे भन्दै कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकै भएकाे यथेष्ठ प्रमाण रहेकाे बताए । आध्यात्मिकमा विश्वास गर्ने नरेन्द्र माेदी प्रधानमन्त्री रहेकाबेला नाकाबन्दी गरेकाे स्मरण गरे । उनले भारतीय मिडियामा बाैद्धिकता नभएकाे भन्दै नायिका काेइरालाले सत्यकाे पक्षमा बाेलेकाे बताए ।

अर्का वरिष्ठ कलाकार हरिवंश आचार्यले भारतीय मिडिया गाली गर्न र कराउनका लागि संसारकै उदाहरण भएकाे बताए । “मनिषा काेइरालाले देशकाे पक्षमा जे बाेल्नुभएकाे छ । उहाँलाई धन्यवाद दिनुपर्छ । उहाँले माेह र डर त्यागेर जुन साहस गर्नुभयाे । सबै नेपालीले धन्यवाद उहाँलाई धन्यवाद दिनुपर्छ´´, उनले भने ।

त्यस्तै, अभिनेत्री दिपाश्री निराैलाले नायिका काेइरालाले बाेलेर राम्राे काम गरेकाे बताइन् । उनले कांग्रेस नेता डा. मिनेन्द्र रिजालले पनि राष्ट्रवादी अडान राखेकाे प्रशंसा गरिन् । कलाकार जितु मनिषालाई नेपालले भारतीय मिडियाले विवादमा तानेको देख्दा उनीहरुप्रति दया जागेको बताए। आफूहरु सधैँ मनिषाको साथमा रहने समेत बताए ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  १० : ३९ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट