काठमाडौँबाट सूर्यग्रहण ८८ प्रतिशतसम्म ढाकिएको देख्न सकिने | Khabarhub Khabarhub

काठमाडौँबाट सूर्यग्रहण ८८ प्रतिशतसम्म ढाकिएको देख्न सकिने


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आज बिहान १०ः५३ बजेदेखि सूर्यग्रहण लाग्दैछ। आज खग्रास अर्थात सूर्य पूरै ढाकिने ग्रहण भए पनि नेपालबाट भने खण्डग्रास अर्थात केही भाग ढाकिएको मात्र देखिने छ ।

बाल्मिकी क्याम्पस ज्योतिष विभागका उपप्राध्यापक नेत्र अधिकारीका अनुसार आज बिहान १०ः५३ बजेदेखि शुरु ग्रहण अपराह्न २ः२४ मा समाप्त हुनेछ । मध्याह्न १२:४० मा मध्य हुँदा काठमाडौँबाट सूर्य करीब ८८ प्रतिशत ढाकिएको देखिने छ ।

नेपालबाट अबको करिब ४४ वर्षपछि मात्र यस्तै अर्को सूर्यग्रहण देखिने खगोलविद्हरुले बताएका छन् । सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा सूर्य छेकिन गइ चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ । यसलाई नै सूर्य ग्रहण भनिन्छ ।

आजको सूर्यग्रहण कंगोबाट सुरु भई सुडान, इथियोपिया, यमन, ओमान, दक्षिण पाकिस्तान, उत्तरपश्चिम भारत, भारतको देहरादुन, कुरुक्षेत्र र दक्षिणपूर्वी चीन हुँदै प्रशान्त महासागरमा गएर अन्त्य हुनेछ।

सूर्यग्रहण खाली आँखाले हेर्न हुँदैन। सूर्य ग्रहण हेर्दा आँखाको रेटिनामा सूर्यबाट आएको प्रकाश परेमा रेटिना नष्ट हुन गई दृष्टिविहीन हुने सम्भावना हुन्छ ।

विशेष प्रकारले बनाइएको चस्मा वा वैज्ञानिकले सिफारिस गरेअनुसारको सुरक्षात्मक पद्दतिबाट मात्र ग्रहण हेर्न हुन्छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ९ : ५२ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस